YouTube Link

बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको योगदान: एक चर्चा

World Cup 2026
Facebook Link
vision

मानिसको श्वास प्रवास प्रणाली लौकिक या अलौकिक, भौतिक या अभौतिक अथवा पदार्थ या चेतना मध्ये के हो ? एक मार्क्सवादीको विचारमा श्वास प्रणाली वस्तुत: लौकिक एवं भौतिक-पदार्थगत वायु  हो, जसको अभावमा मानिस वा प्राणीमध्ये कसैको पनि प्राण सम्भव हुँदैन । एक स्वासमा प्राणीको जीवन निर्भर गर्छ । अत: भन्न सकिन्छ, बुद्व दर्शनको विपश्यना वस्तुत: विज्ञान हो । जसको आविष्कार आज भन्दा २६०० बर्ष अघि, लगातार ६ बर्षको कष्टसाध्य साधनाबाट शिद्वार्थ गौतम “बुद्व” ले  गरेका थिए । सम्राट अशोकको पालामा विपश्याले ब्यापकता हासिल गरेको थियो । परन्तु, हिन्दुतन्त्रको प्रहारमा दक्षिण एसियामा यो लुप्तपाय: हुन पुग्यो । अन्तत: २० औं शताब्दीमा, बर्मास्थित जन्मेका श्री सत्यनारायण गोयन्काको पहलमा विपश्यनाले पुनर्जागरण हासिल गरेको छ र यसले क्रमश: अन्तर्राष्ट्रिय चरित्र ग्रहण गर्दैछ ।

“वैदिक दर्शनको निषेध” भन्ने सुनेर भारतीय हिन्दु साम्राज्यवादका लम्पटहरुमा तनाव बढ्न सक्छ, जो विपश्यना विज्ञानको सेवाबाट अध्यावधि बञ्चित छन र आधुनिक विज्ञानको मर्म बुझ्ने कष्ट गर्दैनन् । परन्तु, मार्क्सवादमा निषेधको सकारात्मक अर्थ “गुणात्मक विकास” हो । जसरी हेगेल र फायरबाखको दर्शनको निषेध अथवा विकासबाट मार्क्सवादको स्थापना गरियो । अत: वैदिक दर्शनको निषेधको प्रसंग “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड” भएमा अन्यथा मानिरहनु पर्दैन ।

किनकि, यहाँ आध्यात्मिक धर्मको नभएर वस्तुत: विज्ञानको विश्लेषण गरिंदैछ ।

विपश्यनाको आधारभूत शिविर १० दिनको हुने गर्छ । यो एक विशिष्ट ध्यान-साधना हो, जसलाई शिविर भन्ने गरिन्छ । समग्रमा यसलाई “विपश्यना” भनिन्छ, यद्यपि  विपश्यना रणनीति हो भने यसका विभिन्न कार्यनीतिहरु छन । रणनीतिको सेवामा केन्द्रीत ती कार्यनीतिहरुमा सर्वप्रथम पञ्चशील आउँछ । पञ्चशील ग्रहणमा साधकले म चोरी गर्दिन, म झुटो कुरा बोल्दिन, म यौन ब्यभिचार गर्दिन, म लागू पदार्थ खाँदिन र म अन्यायपूर्ण हिंसा गर्दिन, भनी सपथ लिनु पर्दछ । शीलपछि समाधि उँदै प्रज्ञामा पुग्ने लक्ष हुन्छ ।

 

विषयको सारतत्वमा यहाँ शील ग्रहणपछि लगातार साँढे ३ दिन “आनापान” गराइन्छ । यो भनेको आँखा र मुख बन्दगरी  नाकबाट आफ्नो “श्वास बाहिर जाँदैछ, श्वास भित्र आउदैछ” भनी गणना गर्नु हो । अथवा श्वास गणना कार्यबाट माथिल्लो ओंठमाथि र नाकमुनी स्वासलाई केन्द्रीत गर्नु हो । आनापानद्वारा जब श्वास गणनामा मन केन्द्रीत हुन्छ, साँढे ३ दिनपछि मनलाई तालुमा लैजाने र शरिरको सम्पूर्ण स्थानमा मनले विशेष निरीक्षण गर्ने निर्दश हुन्छ । हो, खास रुपमा साँढे ३ दिनपाछिको यो प्रकृयालाई नै “विपश्यना” भनिन्छ ।

 

अत: विपश्यना वस्तुत: मानिसको मन ब्यवस्थापन गर्ने विज्ञान हो । अर्को शब्दमा तनाव ब्यवस्थापन गर्ने विज्ञान हो ।

 

उपरोक्त आधारमा यहाँ वैदिक दर्शन र बुद्व दर्शको सम्बन्धवारे चर्चा गरिन्छ ।

 

१. सर्वप्रथम स्पष्ट हुनु पर्दछ कि वैदिक दर्शनको निषेधबाट बुद्व दर्शनको स्थापना भएको हो ।

 

भौतिकवादी लेखकको हैसियतमा  राहुल सांकृत्यानका रचनाहरु विश्वसनीय लाग्दछन । राहुलकृत “भोल्गा से गंगा तक” पुस्तक अनुसार विगत ३ हजार बर्ष अघि आर्यगण गंगा मैदानमा आइपुगेका हुन । आज पञ्जाब भनिने उत्तरापथमा आइपुगेपछि ड्रविडहरुको दास ब्यवस्था कब्जा गर्द आर्यगणका विश्वामित्रा तथा वशिष्ठले वेदको रचना गरे ।

 

स्मरण रहोस कि “वेद” शब्दको निर्माण “वेदना” अथवा “समवेदना”बाट भएको हो ।

 

उपरोक्त आधारमा वेद रचनाको ४ सय बर्ष पछि तथा आज भन्दा २६०० बर्ष अघि बुद्व दर्शनको स्थपना भएको हो । अत: विषयको सारतत्व, भूगोल र समाज तथा समयक्रमको दृष्टिले पनि बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको अहं योगदान स्पष्ट हुन्छ । त्यो योगदान भनेको वैदिक दर्शनको जीवन र जगत सम्बन्धी वेदनाको दृष्टिकोणलाई  बुद्वले बोधको  दृष्टिकोणमा विकसित गरे। यो विकास प्रकृया वैदिक दर्शनको निषेध तथा बुद्व दर्शनको स्थापना थियो ।

 

“वैदिक दर्शनको निषेध” भन्ने सुनेर भारतीय हिन्दु साम्राज्यवादका लम्पटहरुमा तनाव बढ्न सक्छ, जो विपश्यना विज्ञानको सेवाबाट अध्यावधि बञ्चित छन र आधुनिक विज्ञानको मर्म बुझ्ने कष्ट गर्दैनन् । परन्तु, मार्क्सवादमा निषेधको सकारात्मक अर्थ “गुणात्मक विकास” हो । जसरी हेगेल र फायरबाखको दर्शनको निषेध अथवा विकासबाट मार्क्सवादको स्थापना गरियो । अत: वैदिक दर्शनको निषेधको प्रसंग “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड” भएमा अन्यथा मानिरहनु पर्दैन ।

 

किनकि, यहाँ आध्यात्मिक धर्मको नभएर वस्तुत: विज्ञानको विश्लेषण गरिंदैछ।

 

२. राहुलकै “जीवन यात्रा” संग्रहबाट जान्न सकिन्छ कि जीवन र जगतलाई बुझ्ने वैदिक दर्शनलाइ एक वाक्यमा “सद्चिदानन्द” भनियो, जसको व्याख्या “सदा, चिदा, आनन्द” हो । (यहाँ चिदाको अर्थ “चेतना” ले भन्ने हो ।) तर, बुद्वले सद्चिदानन्दको खण्डन गर्दै जीवन र जगतवारे भनेका छन “असदा, अचिदा, अआनन्द” । हो त के भने- “दु:ख” ।

 

३. विश्वमा सर्वप्रथम उध्योग धन्दाको प्रारम्भ यूरोपमा भयो । औध्योगिकरणले अनिवार्य रुपमा विज्ञानको माग गर्यो । परिणाम, मार्क्सवाद समेत विज्ञान तथा विज्ञानका आधारमा अनेक प्रविधिको विकास पनि यूरोपमै हुन पुग्यो । संगसंगै, साम्राज्यवादमा पतीत यूरोपेली शासकहरु जातीय र क्षेत्रीय अहंकारवादका घृणित अगुवा पनि बन्न पुगे ।

 

परिणाम, आफुलाई “कन्सस् माइण्डेट” र अरुलाई “अन्कसस् माइण्डेट” परिभाषित गर्न पुगे । अहंकारवादको विशेषता अनुसार नै त्यो तथाकथित कन्सस् माइण्डेटको पगरी कमश: यूरोपबाट आज संयुक्त राज्य अमेरिका सरेको छ, जसले यूरोपेलीलाई पनि स्वत: अन्कससमा खसाल्दैछ । अमेरिकी शासकहरुमा अहंकारवादको घोडा दौड यति चर्केको छ कि कन्सस् माइण्डेट भन्दा यूरोपेलीले पनि दाबी जनाउने हुँदा आफुलाई “सुपर माइण्डेट” कहलाउन थालेका छन, जसबाट अमेरिकीहरुले आफुलाई यूरोपेली भन्दा पृथक देखाउन सकुन् ।

 

हो, पशिमाहरुको प्रकृति र मानव समाज विरोधी तथाकथित कन्सस् माइण्डलाई ठेगानमा राख्न एसियालीले विपश्यना विज्ञानलाई विश्व व्यापक तुल्याउनु परेको छ, जसको आविष्कार २,६०० बर्ष अघि नेपालको लुम्बिनीमा जन्मेका बुद्वले गरेका थिए ।

 

निश्कर्षमा, पश्चिमा र पूर्वेलीवीच सभ्यताको वहसमा सन्तुलन कायम गर्ने ऐतिहासिक सवाल यो हुन आउँछ कि Light of Asiya भनेको को हो र के हो ? विपश्यना विज्ञानका प्रणेता बुद्वलाई कुल्चेर कसैले आफुलाई कन्सद् माइण्ड र सुपर मसिण्डको धक्कु लगाउन मिल्छ ? अवश्य मिल्दैन ।

 

तर, यो पनि त्यत्तिकै सत्य हो कि पुर्वेलीले पनि  विपश्यना विज्ञानको महत्व बोध गर्न सक्नु पर्यो ।

– मे २०२१

 

महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील
झण्डा विद्रोह र मंगोल ईत्यादि बारे

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...