नेपाल सुपर लिग (एनएसएल)मा आज धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०७८ वैशाख २२ बुधवार १४:३४
1.9K
shares
काठमाडौं: खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा आज लिग चरणको पाँचौ राउन्डको खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढी एफसी र पोखरा थन्डर्सबीच साँझ ५:३० बजे प्रतिस्पर्धा हुँदैछ ।
दुवै टोली स्पष्ट ३ अंकको नतिजा निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
पोखरा थन्डर्सलाई हराउँदै धनगढी शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । धनगढी ७ अंक जोडेर दोस्रो स्थानमा छ ।
धनगढीका लागि आइकोनिक खेलाडी तथा कप्तान किरण चेम्जोङ, विशाल राई, दिनेश राजवंशी, विवेक बस्नेत, अशोक खवास, निशान खड्का, टंक बस्नेत, पुजन उपरकोटी, दर्शन गुरुङ, युद्ध शाही, ओलावाले ओलाडिपो आफिज, फ्रान्कलिन कुटे टाल्ला, सौजन याख्खा राई, निशान लिम्बु, बुद्ध बल, टेकेन्द्र थापा र निराजन महर्जन टोलीमा रहेका छन् ।
लिगमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको पोखरा थन्डर्स पनि लिगमा उच्च लयमा रहेको धनगढीलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
पोखराले चार खेल खेल्दा १ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ ।
पोखरासँग कप्तान तथा मार्की खेलाडी नवयुग श्रेष्ठ, गोलरक्षक दिप कार्की, अजित भण्डारी, पदम मोक्तान, रवि पासवान, नितिन थापा, आयुष घलान, गौतम श्रेष्ठ, प्रविन स्याङ्तान, मान बहादुर तामाङ, दिपक गुरुङ, अनिल गुरुङ, राजेश परियार, कमल थापा, मोउसा अब्बा, राफयल रिमगागो र केट्चा यान्निक टलीमा छन् ।
लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि बैशाख २८ गते खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ ।
फाइनल खेल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उ
पविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।
यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
उपत्यकामा निषेधाज्ञाको अवधि एक हप्ता थपियो
नर्भिक इन्टरनेसनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण
वि.सं.२०७८ वैशाख २२ बुधवार १४:३४



















