YouTube Link

उमाकुण्ड गाउँपालिकास्थित बाम्ती भण्डारको एक घरमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु

Facebook Link

रामेछाप: रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-२ बाम्ती भण्डारको लहरे टोलको एक घरमा आइतबार मध्य रातमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा ७८ बर्षका धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षकी सीता कार्की रहेका छन् ।

 

आइतबार राति स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागी हुँदा उनका बुबा र आमाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।

 

घरभित्र सुतिरहेका बेला मध्य रातमा घरमा  लागेको आगोका कारण बृद्ध बुबा र आमाको मृत्यु भएको भएपनि मनोहर कार्की र उनकी श्रीमती कल्पना कार्की तथा ३ बर्षकी छोरी स्मारीकाको भने झ्यालबाट हाम फालेर ज्यान बचाउन सफल भएको प्रहरीले जानकारी दिएको छ ।

 

घट्नाको जानकारी पाए लगत्तै राति नै बाम्ती प्रहरी चौकिबाट प्रहरी टोली गएको भएपनि प्रहरी घट्ना स्थलमा पुग्नु अगाडि नै  बृद्ध दम्पत्तिको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

 

मृतकहरुको सव जलेको घरबाट खनेर निकालिएको थियो । आगलागि नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरेको भएपनि संभव भएको थिएन ।

 

घट्नाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट थप प्रहरी पठाइएको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिए ।

 

आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउँन बाँकि रहेको प्रहरीले जनाएको छ ।

 

मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा जारी

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...