कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइयो
वि.सं.२०७८ वैशाख १२ आइतवार १५:४९
1.6K
shares
काठमाडौं: कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका अध्यक्ष ईश्वर पोखरेलले अपरान्ह बैठक बोलाउनु भएको हो ।
यसअघि शनिवार प्रधानमन्त्री ओलीसहित बालुवाटारमा सीसीएमसीको विस्तारित बैठक बसेको थियो । सो बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमाथि छलफल भएको थियो । आजको बैठक प्रधानमन्त्रीको आवश्यक निर्देशन र सुझावपछि बोलाइएको हो ।
बैठकमा संक्रमण नियन्त्रणका प्रभावकारी उपायबारे छलफल गरी केही क्षेत्रमा थप कडाई र केही सेवा क्षेत्र नियन्त्रित रुपमा चलाउने निर्णय हुन सक्ने बताइएको छ ।
यो पनि पढ्नुहोस् ;
ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा रोक
वि.सं.२०७८ वैशाख १२ आइतवार १५:४९




















