ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा रोक
वि.सं.२०७८ वैशाख १२ आइतवार १५:२६
2.3K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षणमा रोक लाएको छ । नेपाललाई ट्रान्जिट बनाउँदै कोरोनाविरुद्धको खोप लगाउने र परीक्षण गर्ने विदेशी नागरिक बढेपछि रोक लाएको हो ।
आइतबार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ट्रान्जिटका लागिमात्र नेपाल आएर कोभिड-१९ को परीक्षण गर्ने विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई निर्देशन दिइएको छ ।
नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन मन्त्रालयले अनुरोध गरेको छ । निर्देशनलाई अटेर गरेको पाइए कारवाही गरिने मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् :
कोरोना विरुद्धको लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन
वि.सं.२०७८ वैशाख १२ आइतवार १५:२६



















