कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै काठमाडौं उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
वि.सं.२०७८ वैशाख ११ शनिवार १३:०६
1.5K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ ।
सुझाव कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन । आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम तय भएको छ ।
कोरोना महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको छ ।
यसबारेमा प्रधानमन्त्रीलाई ब्रिफिङपछि सरकारले आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।
आज १५औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नवनिर्मित २२ तले धरहराको उद्घाटन हुँदै
वि.सं.२०७८ वैशाख ११ शनिवार १३:०६




















