प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिता बैशाख अन्तिममा
वि.सं.२०७८ वैशाख ९ बिहीवार ११:३७
1.7K
shares
काठमाडौंः गैर आवसीय नेपाली संघ (एनआरएनए ) खेलकुद प्रतिष्ठानको आयोजनमा यही बैशाख २३ र २४ गते प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कर्भड हलमा आयोजना हुने प्रथम एनआरएनए प्रतियोगितामा युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ्गले उदघाटन गर्नेेछन् ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा ७ वटा प्रदेशका खेलाडी सहित ३ वटा विभागीय टोलीको पनि सहभागीता रहनेछ ।
आयोजक एनआरएन सहित कुल ११ टोलीको प्रतियोगितामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता १९ स्र्वण पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
कुमिते पुरुष तार्फ –५० केजी, –५५ केजी,–६० केजी, –६७ केजी, –७५केजी, –८४केजी र +८४ केजी हुनेछ ।
महिला तफ –४५ केजी, –५० केजी –५५ केजी, –६१ केजी, –६८ केजी, +६८ केजी हुनेछ ।
यसैगरी कुमिते विधा तर्फ पुरुष र महिला दुवैको टिम कुमिते पनि हुनेछ ।
प्रतियोगितामा काता विधा तर्फ पुरुष एकल काता र टिम काता हुनेछ ।
भने महिला तर्फको पनि टिम काता र एकल काता गरी चार स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगितामा प्रत्येक तौल समुहका पदक विजेता खेलाडीले नगद पुरुस्कार प्रमाण–पत्र र मेडल प्राप्त गर्ने छन ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ वैशाख ९ बिहीवार ११:३७



















