YouTube Link

च्याम्पियन्स लिगः पीएसजी स्वत विजेता घोषित हुने

Facebook Link

एजेन्सी: यूइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका चार टिममध्ये तीन टिमलाई लिगबाट बहिष्कार गर्ने चेतावनी दिइएको छ पीएसजी स्वत विजेता घोषित हुने।

युरोपियन सुपर लिगको विवाद बढेपछि यूइएफएको कार्यकारी कमिटीका सदस्य जेस्पर मोलरले रियल मड्रिड, चेल्सी र म्यानचेस्टर सिटीले

ईएसएल खेल गराउने मनसाय त्याग नगरे उनीहरुले यसपटकको च्याम्पियन्स लिग खेल्न नपाउने र पीएसजी स्वतः विजेता घोषित हुने

बताए ।

फुटुबल क्लब रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहितका १२ क्लबको नेतृत्वमा युरोपेली सुपर लिग ईएसएल हुने घोषणा भएको थियो ।

ईएसएलका प्रमुखको रुपमा रियल मड्रिडका प्रमुख फ्लोरेन्टिनो पेरेज चयन भएका छन्।

उनले यो लिगले फुटबल क्षेत्रलाई थप विकास गर्दै व्यवसायिक र प्रतिस्पर्धात्मक बनाउने बताएका छन् ।

यो खेल यूइएफएको च्याम्पियन्स लिगलाई टक्कर दिन ल्याइएको भन्दै आलोचना भएको छ ।

विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ईएसएल समानान्ततर खेल भएको बताउँदै यसलाई मान्यता नदिने र यस खेलमा आवद्ध खेलाडीले विश्वकप नै खेल्न नपाउने चेतावनी दिएको छ।

यसबीचमा यूइएफएले ईएसएलका संस्थापन क्लबहरुलाई च्याम्पियन्स लिगबाट बहिष्कार गर्ने चेतावनी दिएको हो।

जेस्पर मोलरका अनुसार ईएसएलमा आवद्ध आर्सनल र म्यानचेस्टर युनाइटेडले पनि युरोपा लिग खेल्न पाउने छैनन् ।

यो पनि पढेनु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%bf%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%be-%e0%a4%b2%e0%a4%bf/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...