ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:२३
2.1K
shares
काठमाडौं: ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ। ए सिरिजको डिजाइन प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ सार्वजनिक गरिएको हो।
ए ५४ मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ। ६.५१-ईञ्च पञ्च-होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८जीबी रोमको ब्यवस्था गरिएको छ।
ओपो ए५४मा जडित ५०००एमएएच क्षमताको ब्याट्रीलाई एकपटक पूर्णरुपमा चार्ज गर्दा यसको प्रयोग २.२ दिनका लागि प्रयोग गर्न सकिन्छ वा १९.९ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ वा २३ घण्टा ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ।
४जीबी र्याम र १२८जीबी रोम सहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन्।
फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग गरिएको छ।
एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी+ स्क्रिनले आँखालाई तनाव रहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथ प्रदान गर्छ। यसमा ८९.२% स्क्रिन-टू-बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ।
ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेशित हुने उत्कृष्ट शट्सलाई पनि लिन सकिन्छ। ए५४को वजन १९२ग्राम र मोटाई जम्मा ८.४एमएम छ।
फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधिपनि उपलब्ध गरिएका छन्। ए५४मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ।
ए५४मा एआई ब्यूटिफिशेन सुविधा सहितको १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ। फोनको रियर क्यामेराले ९०एफपीएसमा ७२०पीको स्लो-मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ।
ओपोले नेपालमा आजैका मितिबाट ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ। ४जीबी र्याम र १२८जीबी रोम सुुसज्जित ओपो ए५४को मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ।
यो पनि पढ्नुहोस् :
सनराइज बैंकले ताप्लेजुङ्गमा शाखारहित बैंकिङ् सेवाको सुरुवात
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:२३




















