YouTube Link

धूलो सडकका कारण जनजीवन कष्टकर बनेपछि चाबहिल–साँखु सडक खण्डका स्थानीयहरु आन्दोलित

World Cup 2026
Facebook Link

काठमाडौंः चाबहिल–चुच्चेपाटी साँखु सडकखण्ड निर्माणमा ढिलाई भएपछि स्थानीयहरु आन्दोलनमा उत्रेका छन ।

धूलोले सडक खण्ड वरपरको जनजीवन कष्टकर बनेपछि स्थानीयहरु आन्दोलनमा उत्रेका हुन । सडक संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेका स्थानीय व्यपारीहरुले आज बिहानैदेखि उक्त सडक खण्डमा यातायातका साधनहरु चल्न दिएका छैनन् । आन्दोलनबाट आज सडक खण्डठप्प भएको छे । सडक अवरोध हटाउन प्रहरीले केहिलाई नियन्त्रणमा लिएको छ ।

 

 

आन्दोलाकरीहरुमाथि धरपकड सुरु भएपछि आक्रोसित बनेका स्थानीयहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो । सडक निर्माणको काम कछुवाको गतिमा हुँदा सर्वसाधारणले निकै सास्ती पाएका छन् । यो सडकखण्ड अहिले धूलाम्य बनेको छ । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर मध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५ सय मिटर र थलीको ओरालो मात्र कालोपत्र भएको छ भने बाँकी सडक कच्ची छन् । जसको कारण उक्त खण्डमा सडक दुर्घटना समेत बढेको छ ।

कार्यालय समयमा यस क्षेत्रमा हुने जाम र धुलोले यात्रुहरु मारमा परेका छन । जामले अस्तव्यस्त बनेको सडक सञ्चालनमा ल्याउने काम गर्दै आएका ट्राफिक प्रहरी पनि धूलोको चपेटामा पर्दै आएका छन् । २०७२ सालबाट सडक बढाउने भनेर घरहरु तथा सडक भत्काउन थालेपछि सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ ।

 

 

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले सडक विस्तारको काम गरिरहे पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...