YouTube Link

धूलो सडकका कारण जनजीवन कष्टकर बनेपछि चाबहिल–साँखु सडक खण्डका स्थानीयहरु आन्दोलित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौंः चाबहिल–चुच्चेपाटी साँखु सडकखण्ड निर्माणमा ढिलाई भएपछि स्थानीयहरु आन्दोलनमा उत्रेका छन ।

धूलोले सडक खण्ड वरपरको जनजीवन कष्टकर बनेपछि स्थानीयहरु आन्दोलनमा उत्रेका हुन । सडक संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेका स्थानीय व्यपारीहरुले आज बिहानैदेखि उक्त सडक खण्डमा यातायातका साधनहरु चल्न दिएका छैनन् । आन्दोलनबाट आज सडक खण्डठप्प भएको छे । सडक अवरोध हटाउन प्रहरीले केहिलाई नियन्त्रणमा लिएको छ ।

 

 

आन्दोलाकरीहरुमाथि धरपकड सुरु भएपछि आक्रोसित बनेका स्थानीयहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो । सडक निर्माणको काम कछुवाको गतिमा हुँदा सर्वसाधारणले निकै सास्ती पाएका छन् । यो सडकखण्ड अहिले धूलाम्य बनेको छ । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर मध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५ सय मिटर र थलीको ओरालो मात्र कालोपत्र भएको छ भने बाँकी सडक कच्ची छन् । जसको कारण उक्त खण्डमा सडक दुर्घटना समेत बढेको छ ।

कार्यालय समयमा यस क्षेत्रमा हुने जाम र धुलोले यात्रुहरु मारमा परेका छन । जामले अस्तव्यस्त बनेको सडक सञ्चालनमा ल्याउने काम गर्दै आएका ट्राफिक प्रहरी पनि धूलोको चपेटामा पर्दै आएका छन् । २०७२ सालबाट सडक बढाउने भनेर घरहरु तथा सडक भत्काउन थालेपछि सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने गरेको छ ।

 

 

सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले सडक विस्तारको काम गरिरहे पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...