कोरियन चाउचाउको सेल्स एण्ड प्रोमोसन सञ्चालन
वि.सं.२०७६ वैशाख २६ बिहीवार १८:५४
1.6K
sharesकाठमाडौंः कोरियन कम्पनीद्वारा उत्पादित चाउचाउको नेपाली बजार विस्तार भईरहेको छ ।
नोङ्सिम कम्पनीको उत्पादन साइन रामेन र ओक्तोगी कम्पनीको उत्पादन यउल रामेन र जिन रामेनको सेल्स एण्ड प्रमोसन कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम २६ अप्रिलदेखि १६ मे २०१९ सम्म चल्ने कार्यक्रम प्रोमोटर राजेश ढकालले जानकारी दिए ।
कार्यक्रम भाटभोटेनी सुपर मर्केटसँगको सहकार्यमा भईरहेको र भाटभोटेनी सुपरमार्केटका देशैभरका सबै शाखा लगायत अन्य ठुला डिपार्टमेन्टल स्टोरहरुमा समेत यो कार्यक्रम सञ्चालन गरिने उनले बताए । हाल भाटभोटेनी लगायतका डिपार्टमेन्टल स्टोरहरुमा स्टल राखेर त्यहाँ आउने मानिसहरुलाई निःशुल्क चाउचाउ पकाएर खुवाई स्वाद चखाई चाउचाउको बारेमा प्रतिक्रिया लिने गरेको छ ।
२६ अप्रिलदेखि हालसम्म ६ हजार भन्दा बढीले चाउचाउको स्वाद चाखिसकेको र १६ मे सम्ममा १५ हजार भन्दा बढीलाई चाउचाउको स्वाद चखाउने लक्ष्य रहेको ढकालले बताए । स्वाद चाख्नेहरुले चाउचाउ मिठो र राम्रोे रहेको प्रतिक्रिया दिएका छन ।
प्रमोसनका केही झलकहरु
वि.सं.२०७६ वैशाख २६ बिहीवार १८:५४