Texas College
YouTube Link

सवारी चालक अनुमतिपत्र परीक्षार्थीहरूले ७० अंक ल्याय पास

Facebook Link

काठमडौं:  सवारी चालक अनुमतिपत्रका लागि सामेल भएका परीक्षार्थीहरूले ट्रायल सेन्टरको स्थानपिच्छे फरक फरक नम्बर पाउने भएका छन् । नयाँ कार्यविधिले आठ अंक, स्पिड ब्रेक, ट्रायल परीक्षामा सामेल हुँदा अपनाउनु पर्ने सावधानीहरूमा छुट्टाछुट्टै अंकभारको व्यवस्था गरेको हो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र कार्यविधि, २०७७ लाई स्वीकृत गरेको छ । कार्यविधि स्वीकृतसँगै सवारी अनुमतिपत्रका लागी लिइने ट्रायल परीक्षा अंक प्रणालीबाट गर्न बाटो खुलेको छ ।

 

कार्यविधिमा उल्लेख भएअनुसार परीक्षामा ट्रायल दिँदा १०० पूर्णाङ दिइनेछ । पास गर्नका लागि परिक्षार्थीले ७० अंक ल्याउनु पर्नेछ । नयाँ कार्यविधिले सामान्य गल्ती भयो भने चरणवद्ध रुपमा फरक फरक अंक निर्धारण गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

कार्यविधिले गरेको व्यवस्थाअनुसार ट्रायल दिनुभन्दा ठिक अगाडि अर्थात सवारीमा चढ्दा र बाइकको अवस्थालाई समेत ख्याल गर्नुपर्छ । हेलमेट, लुकिङ ग्लास, ट्राफिक संकेत,स्टाण्डलगयातमा समेत छुट्टाछुट्टै अंकभारको व्यवस्था गरेको हो ।

 

बाइक चलाउनुभन्दा अगाडि ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक, जथाभावि सवारी चलाएमा ३ अंक, हेलमेट लक नगरी सवारीमा चढेको खण्डमा ४ अंक घट्ने विभागले जनाएको छ ।

 

ट्रायल परीक्षाको पहिलो चरण घुमाउरो आठमा २० अंक कायम गरिएको छ । एकपटकसम्म रेखा छोएमा र खुट्टाले टेकमा १० अंक घट्नेछ । एक पटकभन्दा बढी गल्ती गरेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुने प्रावधान राखिएको छ ।

 

आठ कटाएपछिको साँघुरो फलेक अथावा बाटोको कुल १० अंक अनिवार्य गरिएको छ । युटर्नमा पनि १० अंक नै कायम गरिएको छ । युटर्नमा साइडलाइट नबालेमा अंक घट्नेछ भने रेखा छोएमा फेल घोषणा गरिने छ । ट्राफिक संकेतको अंकभार १५ राखिएको छ।

 

त्यस्तै स्पिड ब्रेकमा १५ अंक दिइएको छ । उक्त ब्रेकरमा एक पटकसम्म भुइमा खुट्टा टेके ५ र सवारी स्टार्ट अफ भए ५ नम्बर काटिनेछ ।  उकालोलाई २० अंक दिइएको र यसमा भने एक मात्रै गल्ती भएपनि फेल हुनेछ । ओरालो र उकालोमा भने पहिलाकै नियम कायम रहने कार्यविधिमा उल्लेख गरिएको छ ।

 

यो पनि पढ्नुहोस् :

नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पायो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...