Rajshow Bivag

नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पायो

Departmant of helth services

काठमाडौं:  नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पाएको छ । रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो ।

 

सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपाल टेलिकमलाई एक वर्षसम्म देशैभरी फाइभजी परिक्षणका लागि स्वीकृती दिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

 

रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले नेपालमा फाइभजी सञ्चालनको तयारी गर्नका लागि स्वीकृती दिएको तर, कुन रेडियो फ्रिक्वेन्सीमा उक्त फाइभजी सेवा सञ्चालन गर्ने भन्ने निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

 

हाल उपलब्ध रहेका रेडियो फ्रिक्वेन्सीहरु ३४ सय, ३६ सय, ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी प्रयोग गर्न सकिने प्राधिकरणले सिफारिस गरेको छ ।

 

टेकिलमले परिक्षण गर्ने फाइभजी सेवामा एक वर्षसम्म कसैसँग कुनै शुल्क लिन नपाउने र अन्य कम्पनीलाई बेच्न समेत नपाउने सर्त रहेको छ । फाइभजी फोरजीको अपग्रेड भर्सन भने हैन ।

 

नेपाल टेलिकमको फोरजी सेवाको सम्झौता हुँदा नै फाइभजी सेवा विस्तार सम्बन्धी सम्झौता भएकाले फोर जी सेवा विस्तारसँग जोडिएको योजना रहेको नेपाल टेलिकमले जनाएको छ ।

 

फोरजी सेवाको सम्झौता यो कोभिडका कारणले अलि डिला भयो र पनि यहि आर्थिक वर्षसम्म फोर जी सेवा विस्तारको सम्झौता बाँकी रहेको र आगामी आर्थिक वर्षको शुरुमा फाइभजी सेवाका लागि आवश्कय पर्ने उकरणहरु ल्याउने प्रक्रिया अघि बढ्न सक्ने छ ।

 

फाइभजीका लागि आवश्यक पर्ने उपकरणहरु नेपाल टेलिकमले उपलब्ध गराउने फ्रिक्वन्सीका आधारमा मात्र खरिद प्रक्रिया अघि बढ्ने छ । फाइभजी चलाउनका लागि अहिले फोरजीका लागि निर्माण गरेको अप्टिकल फाइभरले काम गर्ने भएपनि प्रिक्वन्सीका आधारमा मात्र उकरण मगाउन पर्ने भएकाले यसको प्रक्रिया अब प्राधिकरणले उपलब्ध गराउने फ्रिक्वन्सीमा निर्भर हुने छ ।

 

नेपालमा हाल टूजी, थ्रीजी र फोरजी प्रविधि प्रयोगमा छ । फोरजीमा सेवा प्रदायकले अर्बौं लगानी गरेका छन् । त्यो लगानीलाई पनि बचाउने गरी फाइभजीसम्बन्धी नीति ल्याउने सरकारी योजना छ ।

यो पनि पढ्नुहोस् :

अब नेपाली आकाशमै १० हजार फिटमाथिसम्मको उचाइमा फोन कल, इन्टरनेट तथा एसएमएस सुविधा पाईने

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...