YouTube Link

विश्वकप २०२२ को युरोपियन छनोटमा इटाली र जर्मनी विजयी

World Cup 2026
Facebook Link

एजेन्सी: इटाली र जर्मनीले विश्वकप २०२२ को युरोपियन छनोटमा सफलता हात पारेका छन् ।

 

इटालीले बुल्गेरियालाई उसकै मैदानमा २–० को सहज जित हात पारेको हो ।

 

इटालीको जितमा एन्ड्रिया बेलोट्टी र म्यानुयल लोकाटेल्लीले गोल गरे ।

 

खेलको ४३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमार्फत गोल गर्दै इटालीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

 

८२औं मिनेटमा म्यानुयल लोकाटेल्लीले लोरेन्जो इन्सिग्नेको पासमा गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए ।

 

यही समूह ‘सी’ को अर्को खेलमा स्वीट्जरल्यान्डले लिथुआनियालाई १–० ले पराजित गरेको छ ।

 

स्वीट्जरल्यान्डको जितमा जद्रान शाकिरीले दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

 

यस नतिजापछि समान ६ अंक भएपनि गोल अन्तरमा इटाली शीर्ष र स्वीट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ ।

 

लिथुआनिया, नर्दन आयरल्यान्ड र बुल्गेरियाले अंकको खाता खोल्न सकेको छैन ।

 

 

यस्तै समूह ‘जे’ को खेलमा जर्मनीले रोमानियामाथि १–० को झिनो जित निकालेको छ ।

 

जर्मनीको जितमा १७औं मिनेटमा सज जिनाब्रीले गरेको गोल नै निर्णायक बन्यो ।

 

खेलमा अर्मेनियाले आइसल्यान्डलाई २–० ले तथा नर्थ म्यासेडोनियाले लिचेस्टाइनलाई ५–० ले पराजित गरेको छ ।

 

यस नजितापछि समूह ‘जे’ मा समान ६ अंक भएपनि जर्मनी शीर्ष तथा अर्मेनिया दोस्रो स्थानमा रहेको छ ।

 

समान ३ अंक भएपनि नर्थ म्यासेडोनिया र रोमानिया तेस्रो र चौथो स्थानमा रहेको छ ।

 

आइसल्यान्ड र लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।

 

विश्वकप छनोटमा अल्वानियामाथि इंग्ल्यान्डको जित
फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा स्पेनको पुनरागमन जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...