गोकर्णेश्वर नगर कमिटिको आयोजनामा दोश्रो मुवाँथाइ राष्ट्रिय खेल सम्पन्न
वि.सं.२०७७ चैत १५ आइतवार १०:२१
1.8K
shares
काठमाडौं: गोकर्णेश्वर नगर कमिटिको आयोजनामा दोश्रो मुवाँथाइ राष्ट्रिय खेल गोकर्णेश्वरस्थित मन्दिर परिसरमा सम्पन्न भएको छ ।
मुवाँथाइ राष्ट्रिय खेलमा १४ वटा खेल समावेश गरिएको थियो । जसमा देशभरका खेलाडीहरुको सहभागिता रहेको थियो ।
१८ जना खेलाडी सहभागी मध्येमा दुई जना महिला खेलाडीको पनि सहभागीता रहेको थियो ।
मुवाँथाइ खेलमा ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जीङ शेर्पा, प्रविन राई र नवराज पराजुलीले उपाधि हात पार्न सफल रहे ।
५१ केजी तर्फको वेल्टमा अन्नन राई र लोप्साङ तामाङले उपाधि जित्न सफल भए ।
५४ केजी, ६० केजी, ६३ केजी, ६७ केजी र ७२ केजीको प्रतिष्पर्धामा क्रमशः हेवी राई, सन्दीप तामाङ, दावा फुन्जो शेर्पा, अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री र कोशिस श्रेष्ठले वेल्ट जित्न सफल भए भने महिला तर्फको ५१ केजीमा देनिका राईले उपाधि हाल पार्न सफल भए ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल लगायतले वेल्ट तथा मेडल वितरण गरेका थिए ।
कार्यक्रममा म्याक्स मुवाँथाई क्लबका अध्यक्ष तथा प्रशिक्षक सानू कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय मुवाँथाई संघका प्रमुख प्रशिक्षक तथा अध्यक्षद्वारा मिडिया पार्टनर समेत रहेको अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा, सह-सम्पादक योगेन्द्र चौलागाई, संवाददाता अंकध्वज मोते र रोशन ज्ञवालीलाई प्रशंसा-पत्रबाट सम्मान गरिएको थियो ।

र यो पनि पढ्नुहोस्
मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकाका घरघरमा
फागु पूर्णिमा अर्थात् होली पर्व आज, हिमाली र पहाडी जिल्लामा एकापसमा रंग खेली मनाइँदै
विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग पोर्चुगल बराबरीमा रोकियो
विश्वकप छनोटमा चेक रिपब्लिक र बेल्जियमले बराबरी खेल्दै अंक बाँडे
विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्सको जित
वि.सं.२०७७ चैत १५ आइतवार १०:२१



















