YouTube Link

मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकाका घरघरमा

Facebook Link

काठमाडौं: मेलम्चीको खाने पानी आजदेखि सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाको धारामा आउने भएको छ ।

 

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ ।

 

आयोजनाले  एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयले जानकारी दिएको छ ।

 

मेलम्चीको पानी पहिलो दिनदेखि नै पिउन योग्य गरि धाराधारामा पठाइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ ।

 

आज चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेको आयोजनाले जनाएको छ ।

 

चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुनेछ ।

 

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार  मेलम्चीको पानी फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो ।

 

मेलम्चीको पानी आएपछि शिवरात्रिको लागि बागमतीमा पठाइएको थियो । त्यसपछि सुरुङ सफा गर्न उपयोग गरिएको आयोजनाको भनाइ छ ।

 

सुन्दरीजलमा पानी वितरणका लागि १० ओटा पोखरी निर्माण गरिएको छ । जसमध्ये नौ ओटा तयारी अवस्थामा छन् ।

 

विस्तारै सबैगरी १० ओटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी संकलन हुने केयूकेएलले जनाएको छ ।

 

पानी दैनिक २ घण्टाको दरले उपत्यकामा वितरण हुने केयूकेएलले जनाएको छ ।

 

मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।

 

फागु पूर्णिमा अर्थात् होली पर्व आज, हिमाली र पहाडी जिल्लामा एकापसमा रंग खेली मनाइँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...