YouTube Link

मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकाका घरघरमा

World Cup 2026
Facebook Link

काठमाडौं: मेलम्चीको खाने पानी आजदेखि सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाको धारामा आउने भएको छ ।

 

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ ।

 

आयोजनाले  एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयले जानकारी दिएको छ ।

 

मेलम्चीको पानी पहिलो दिनदेखि नै पिउन योग्य गरि धाराधारामा पठाइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ ।

 

आज चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेको आयोजनाले जनाएको छ ।

 

चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुनेछ ।

 

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार  मेलम्चीको पानी फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो ।

 

मेलम्चीको पानी आएपछि शिवरात्रिको लागि बागमतीमा पठाइएको थियो । त्यसपछि सुरुङ सफा गर्न उपयोग गरिएको आयोजनाको भनाइ छ ।

 

सुन्दरीजलमा पानी वितरणका लागि १० ओटा पोखरी निर्माण गरिएको छ । जसमध्ये नौ ओटा तयारी अवस्थामा छन् ।

 

विस्तारै सबैगरी १० ओटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी संकलन हुने केयूकेएलले जनाएको छ ।

 

पानी दैनिक २ घण्टाको दरले उपत्यकामा वितरण हुने केयूकेएलले जनाएको छ ।

 

मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।

 

फागु पूर्णिमा अर्थात् होली पर्व आज, हिमाली र पहाडी जिल्लामा एकापसमा रंग खेली मनाइँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...