YouTube Link

दिवंगत नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

 

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो ।

 

यस्तै एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

 

तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा पुस्तिका राख्ने भएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ ।

 

जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ ।

 

शोक प्रस्ताव र निर्णय

 

१. नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पार्टीका नेता नविन्द्रराज जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार २०७७ चैत्र १३ गते राति ८:२४ बजे असामयिक निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा नविन्द्रराज जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ ।

 

राजनीतिलाई सधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, वौद्धिक र क्षमतावान नेता जोशी नेपाली कांग्रेसमा निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय जोशीले पटक–पटक गरी करीब एक वर्ष जेल जीवन समेत व्यतित गर्नु भएको थियो । पार्टीको विभिन्न तहको विभिन्न पदमा रही स्वर्गीय जोशीले नेपाली कांग्रेसलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान गर्दै नेपालमा लोकतन्त्र पुनस्र्थापनाको आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्यायाउनु भएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ । उहाँको निधनबाट पार्टी र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । नेता जोशीको निधनप्रति नेपाली कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

 

२. स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका देहाय बमोजिमका कार्यक्रमहरु निर्धारण गरिएको छ ।

(क) २०७७ चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने । उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने । २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने ।

(ख) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने ।

(ग) उहाँको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने ।

 

थ्री नेसन्स कप अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै, नेपाली टोलीलाई बंगलादेशविरुद्ध जितको दबाब

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...