नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट कप आजबाट सुरु हुँदै, विजेतालाई १० लाख पुरस्कार
वि.सं.२०७७ चैत २ सोमवार ०८:३३
1.8K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजबाट बाँकेको नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट कप सुरु हुँदैछ ।
उद्घाटन खेलमा मनकामना युवा क्लब रौतहट र स्टार सिटी युवा क्लब कैलालीबीच खेल हुने छ ।
नेपालगञ्ज रंगशालामा हुने खेल दिउँसो २ बजेबाट सुरु हुने छ ।
सात प्रदेशका लिग च्याम्पियन टिमबीच हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ ।
यस्तै उपविजेताले पाँच लाख हात पार्नेछ ।
प्रतियोगितामा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीले ५० हजार र फेयर प्ले टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन धादिङ समाज (धादिङ), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब(कैलाली), लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट) ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा शीर्ष चारमा रहने टिमले राष्ट्रिय लिग खेल्न पाउनेछन ।
प्रतियोगिता चैत १५ गतेसम्म चल्नेछ ।
र यो पनि पढ्नुहोस्
इटालियन सिरी ‘ए’ मा रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित
इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको जित
पीएसजी घरेलु मैदानमा नान्टेससँग पराजित
वि.सं.२०७७ चैत २ सोमवार ०८:३३



















