युरोपा लिग फुटबलमा युनाईटेड र मिलानले खेले बराबरी
वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:००
1.7K
shares
एजेन्सी: युरोपा लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाईटेडले एसी मिलनसँग अन्तिम १६ को पहिलो लेगमा बराबरी खेलेको छ ।
गएराति भएको खेलमा युनाईटेडले मिलनसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको १२औं मिनेटमा मिलानका फ्रान्क केस्सीले गोल गरेका थिए ।
तर, गोल अघिको ह्यान्डबलको कारण उनको गोलले मान्यता पाएन ।
खेलको ५०औं मिनेटमा युवा खेलाडी अमद डियालोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा साइमन केजेरले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै दुबै टिमको अन्तिम आठमा पुग्ने सम्भावना उत्तिकै रहेको छ ।
वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:००



















