नयाँ सत्ता समीकरणका लागि सरकार र जनता समाजवादी पार्टी (जसपा) कार्यदलबीच आज छलफल हुँदै
वि.सं.२०७७ फागुन २८ शुक्रवार ०९:३८
2K
shares
काठमाडौं: नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)ले सरकारसँग संवाद थालेको छ ।
बिहीबार जसपाको कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार सत्ता साझेदारका लागि छलफल अगाडि बढाएको हो ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी थिए ।
नेकपा एमालेका तर्फबाट भने प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्बाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सहभागी थिए ।
शुक्रबार हुने अनौपचारिक छलफलमा जसपाको दुई सदस्यीय कार्यदलमा एकजना सदस्य थप गरेर छलफलमा जाने जसपा नेता लक्ष्मणलाल कर्णले बताए ।
बैठक शुक्रबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जसपा नेता कर्णले जानकारी दिए ।
जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता टोली बनाएको छ । त्यस्तै‚ एमालेले पनि नेता नेम्बाङ, अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई सदस्य रहेको कार्यदल गठन गरेको छ ।
वि.सं.२०७७ फागुन २८ शुक्रवार ०९:३८



















