सांग्रिला डेभलपमेन्ट बैंकले नारी बचत खाताको शुरुवात
वि.सं.२०७७ फागुन २४ सोमवार ११:५८
1.8K
shares
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा नारी बचत खाताको शुरुवात गरेको छ । आफ्नो ग्राहकहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको हो ।
यो योजनाले विशेषगरि १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम साथै बचत गर्न प्रोत्साहन गर्नेछ । वार्षिक ५ प्रतिशतका दरले मासिकरुपमा व्याज भुक्तानी गर्नेछ ।
ग्राहकहरुले लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाईल बैंकिङ तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ ।
यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबाट यस किसिमको बचत गर्न सकिने बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
डिमाण्ड हत्याउन मेनपावरको अस्वस्थ प्रतिष्पर्धा
वि.सं.२०७७ फागुन २४ सोमवार ११:५८




















