प्रकृतिको संरक्षणका लागि रामेछापमा कोशी पूजा
वि.सं.२०७७ फागुन २० बिहीवार १८:२१
1.7K
shares
रामेछाप: कोशी किनारमा बस्दै आएका रामेछापका माझी समुदायले मंगलवार विषेश कार्यक्रमको आयोजना गरी कोशी पूजा गरेका छन् ।
आफुलाई प्रकृतिपुजक मान्ने उक्त समुदायले आफ्नो समुदायको महान् चाडका रुपमा रहेको कोशी पुजा (लदी )लाई यस बर्ष भने विशेष महत्वका साथ मनाएका हुन् ।
माझीहरुले हरेक बर्ष फागुन महिनाको तेश्रो मंगलबार कोशी पुजा गर्दै आएका छन् । कोशी पुजाका लागि रामेछाप जिल्लाका सवै माझी बस्तिका माझीहरु आफ्नो घर नजिकैको तामाकोसी नदि तिरमा गएर पुजा गरेका छन् ।
कोशी तथा पानीसंग आफ्नो विशेष सम्बन्ध रहेको दावी गर्ने माझीहरुले कोशी पुजाका दिन गाउँका सवै जना एक ठाउँमा भेला भएर नुहाइ धुवाई गरी बाजागाजा सहित कोशीमा पुगेर पाठी, कुखुरा बलि दिएर पुजा गर्ने गरेका छन् ।
आफुहरु कोशीको किनारमा बस्ने भएकाले कोशीले कुनै अनिष्ट नगरोस भनेर बर्षौं देखी माझीहरुले कोशी पुजा गर्दै आएको मन्थली नगरपालिका वडा नं ८ को गाइखुराका बालकृष्ण माझी बताउनु भयो । ।
कोशी पूजा सकेपछि सगुन तथा प्रसादका रुपमा माझीहरुले आफु र पाहुनाहरुलाई जाँड र माछा खुवाउने चलन रहेको छ । यो पुजा विभिन्न विधि अपनाउँदै तिन दिन सम्म गरिन्छ ।
यो पनि पढ्नुहोस् :
एनआईसी एशिया बैंकले गोरखा डिपार्टमेन्ट स्टोरमा क्युआर भुक्तानी सेवा उपलब्ध
वि.सं.२०७७ फागुन २० बिहीवार १८:२१




















