YouTube Link

अखिल नेपाल फुटबल संघ एन्फाले मनायो पहिलो पटक एन्फा डे

Facebook Link

काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा दिवसको अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा विशेष योगदान खेलाडी पुरुष तर्फ जुमानु राईले र महिला तर्फ अनु लामाले जितेकी हुन् । दुबै विजयी खेलाडीलाई जनही १५/१५ लाख नगद सहित सम्मान गरिएको छ ।

महिला राष्ट्रिय टोलीका कप्तान समेत रहिसकेकी अनुले नेपालका लागि ३३ गोल गरेकी छिन् । उनी सशस्त्र प्रहरीको एपीएफ क्लबकी कप्तान पनि हुन् । जुमानुले पनि राष्ट्रिय टोलीका लागि खेल्दै अहिलेसम्म ९ गोल गरेका छन् । यसै वर्षबाट मनाउन सुरु गरेको एन्फा दिवसको अवसरमा आयोजित अवार्ड कार्यक्रममा अभिषेक रिजाल र मञ्जली कुमार योञ्जनले बर्षको उदयमान खेलाडीको अवार्ड प्राप्त गरेका छन् । यस्तै बर्षको उत्कृष्ट पुरुष रेफ्रीबाट लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धरले अवार्ड जितेका छन् ।

बर्ष उत्कृष्ट प्रशिक्षकमा हरी खड्काले अवार्ड पाएका छन् । उनकै नेतृत्वमा नेपालले महिला साफमा फाइनल सम्मको यात्रा तय गरेको थियो । यस्तै अन्तराष्ट्रियस्तरमा खेल्ने व्यवसायिक खेलाडीको अवार्ड रोहित चन्द र किरण चेम्जोङले प्राप्त गरेका छन् । राष्ट्रिय टिमका दुई महत्वपुर्ण सदस्य रहेका रोहित र किरण अहिले विदेशी लिगमा अनुबन्धन भएका छन् ।

रोहितले इन्डोनेशियाको पर्सिजा जार्काता र किरणले माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवसायीक फुटबल करियर अघि बढाईरहेका छन् । यस्तै लाइफ टाईम एचीभमेन्ट अवार्डबाट भागिरथ आलेले प्राप्त गरे । भागिरथबाट प्रशिक्षित थुप्रै खेलाडीले राष्ट्रिय फुटबल टिमबाट आफुलाई स्थापित गरेका छन् । यस्तै मोरङ जिल्ला फुटबल संघले उत्कृष्ट जिल्ला संघ अवार्ड जितेको छ । मोरङ जिल्ला मै पाँचौ साफ महिला आयोजना भएको थियो । फुटबल क्लब अफ द इयर मनाङ मरस्याङदीले जितेको छ । मनाङले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेलिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...