YouTube Link

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकारले’ भन्ने शब्द प्रयोगलाई विपक्षी नेताहरुले गरे आलोचना

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तान्दै आएको आरोप लगाएका छन् ।

वर्तमान सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम बेलायतकी महारानीको शैलीमा प्रस्तुत गर्न लगाएको आरोप लगाए । देउवाले भने, ‘सरकारले सम्मानित राष्ट्रपतिको संस्थालाई पटक-पटक विवादमा तान्दै आएको छ । (नीति तथा कार्यक्रम) बेलायतको महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ ।’

शुक्रवार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले कयौं पटक ‘मेरो सरकारले’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । लगत्तै त्यो शब्द प्रयोगको सामाजिक सञ्जालमा विरोध हुने क्रम तीव्र भएको थियो । त्यस विषयमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको बैठकमा पनि कतिपय नेताहरूले विरोध गरेका विवरणहरू सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’को प्रयोग उचित भएको भन्दै सरकारको जोडदार बचाउ गरिसकेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद अग्नि सापकोटा र खगराज अधिकारीले पनि त्यो शब्दको प्रयोगलाई लिएर विरोध चर्काउनु उचित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरेका थिए ।

तर देउवाले जस्तै प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अर्का कांग्रेस सांसद मीनेन्द्र रिजालले पनि देशको बदलिएको गणतान्त्रिक राजनीतिक परिदृश्यमा राष्ट्रपतिले प्रयोग गरेका ‘मेरो सरकारले’ भन्ने शब्द, दशैंको टीका र राष्ट्रपतिको भ्रमणका बेला हुने सवारी अवरोध जस्ता कारणले जनताको निराशा थप बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रिय जनता पार्टी नेपालका शरतसिंह भण्डारी र अन्य सांसदहरूले पनि नीति तथा कार्यक्रम र राष्ट्रपतिलाई त्यो प्रस्तुत गर्न लगाउने शैलीको आलोचना गरेका थिए । उनी तथा अन्य राजपा नेपालका सांसदहरूले नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय नसमेटिएको भन्दै सरकारको आलोचना गरेका थिए । नीति तथा कार्यक्रममा हेरफेरको माग गर्दै नेपाली कांग्रेस र राजपा नेपालले संशोधन प्रस्तावहरू दर्ता गराइसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...