YouTube Link

तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

Facebook Link

काठमाडौं: राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा आयोजना हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १ गतेदेखि हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म हुने घोषणा गरेको हो ।

तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता हुने प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दश टोलीलाई दुई समूहमा विभाजन गरेको लिगका खेलहरु सञ्चालन गरिनेछ । दुवै समूहको लिग खेलपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् । २३ दिन सञ्चालन हुने प्रतियोगितामा एक दिनमा एउटा मात्र खेल हुनेछ ।

नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसीसीको निलम्वनमा परेपछि राखेपले ३ वर्षदेखि प्रधानमन्त्री कपको आयोजना गर्दै आएको छ । पहिलो संस्करणमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी सैयुक्त रुपमा विजेता बनेको थियो भने दोस्रो संस्करणमा अर्को विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको विजेताले नगद २० लाख हात पार्नेछन् । यस्तै उपविजेताले १० लाख पाउनेछन् । नेपाली क्रिकेटको ५० ओभरको प्रतियोगिता यो सबैभन्दा ठूलो नगद पुरस्कार राशी हो । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार हात पार्नेछन् ।

यसैबीच यस पटक प्रधानमन्त्री कपमा थप आकर्षणको रुपमा सिंगल ह्याण्ड क्याच (एक हाते क्याच) पनि रहेको छ । पछिल्लो समय नेपालमा भइरहेको टी-२० लिगहरुमा यसको क्रेज बढ्दो छ । खेलाडीले हानेको छक्का बल एक हातले क्याच गर्ने दर्शकले ५० हजार पाउनेछन् । एकै खेलमा जतिपटक एक हात क्याच हुन्छ, त्यति जनाले नै यो पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मैदान बाहिर बसेर खेल हेर्ने दर्शकललाई पनि विभिन्न सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...