YouTube Link

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भोलि, सत्तापक्ष बन्ने भए बाबुराम भट्टराई

Facebook Link

काठमाडौं: संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भोलि घोषणा हुने भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ हुनेछ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै पार्टी अध्यक्ष हुनेछन् । भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति जुटेको छ । सहमतिमा दुबै अध्यक्ष नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम नेपालका यादवले हस्ताक्षर गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणासँगै यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ ।

फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमति अनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव सरकारमै रहनेछन् । भोलि घोषणा हुन लागेको समाजवादी पार्टीको घोषणा कार्यक्रमबाट नेताहरुले सरकारलाई चेतावनी दिनेछन् । उक्त मञ्चबाटै प्रधानमन्त्रीलाई दबाव दिने तयारी रहेको छ ।

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य (नयाँ शक्तिको १५१ र फोरमका २०० बढी) हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ ।

दुबै दलबीच भएको सहमति अनुसार फोरमले एक हजारबाट घटाएर ६ सय र नयाँ शक्तिले ६ सयबाट घटाएर ४ सय सदस्य राख्ने छन् । समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति एक हजार सदस्यीय हुनेछ । हाल कायम रहेको दुबै पार्टीका केन्द्रीय सदस्यहरुको संख्या यथावत रहनेछ ।

वरीयता क्रममा डा. भट्टराई पहिलो रहने छन् भने यादव दोस्रो । पार्टीको अध्यक्षको रुपमा यादव रहने छन् भने संघीय परिषद्को अध्यक्ष भट्टराई रहनेछन् । संघीय परिषद् केन्द्रीय समितिभन्दा पनि शक्तिशाली हुनेछ । पदाधिकारी र केन्द्रीय समितिमा दुबै पार्टीको संख्या निश्चित भएपनि तल्लो तहको एकीकरणमा कुनै भागबण्डा नहुने सहमति भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...