Texas College
YouTube Link

आमसभामा भाग लिन बिराटनगर जाँदै प्रधानमन्त्री ओली

Facebook Link

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बिराटनगरमा हुने आमसभामा भाग लिनको लागि प्रधानमन्त्री केपी ओली बिराटनगर जाने भएका छन् । नेकपा केपीओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्ने भएपछि त्यहाँ सम्बोधनका लागि ओली त्यहाँ जान लागेका हुन ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश– १ का अध्यक्ष देवराज घिमिरेले बताए ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए । आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बतऐ । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका स्थानबाट ११ बजे र्‍याली निसक्ने र १२ बजेसम्म सभास्थलमा पुगेर कार्यक्रम सुरू हुने उनले बताए

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

वि.सं.२०८२ फागुन २७ बुधवार १५:५६

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...