टाइगर कप भलिबलमा गण्डकीसँग आर्मी पहिलो खेलमै पराजित
वि.सं.२०७७ माघ २८ बुधवार १३:४१
1.9K
shares
काठमाडौं : आर्मी क्लब पोखरामा भइरहेको टाइगर कप आमन्त्रित राष्ट्रिय भलिबल च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ ।
बुधबार पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको टाइगर कप आमन्त्रित खेलमा आर्मी स्थानीय टोली गण्डकीसँग ३-१ को सेटमा पराजित भएको हो ।
आर्मीले पहिलो सेट जिते पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै गण्डकीले आर्मी विरुद्ध लगातार तीन सेट जितेको हो ।
राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी नै आर्मीको प्लेइङ सेटमा रहेपनि घरेलु दर्शकको साथ पाएको गण्डकीले आर्मीलाई पहिलो खेलमै स्तब्ध बनायो ।
आर्मीले पहिलो सेट २५-२२ ले जितेर खलेमा अग्रता बनाएको थियो ।
त्यसपछि गण्डकीले शानदार खेल खेल्यो ।
दोस्रो सेटको सुरुवातदेखि नै अग्रता बनाउँदै गएको गण्डकीले २५-१४ ले सेट जित्दै खेल बराबरीमा पुर्यायो ।
त्यसपछि गण्डकीले तेस्रो सेट २५-१८ र चौथो सेट २५-१७ ले जित्दै खेल जितेको हो ।
कोरोना भाइरस -कोभिड १९ महामारीका कारण लामो समयपछि भलिबल खेल फेरि सुरु भएको हो ।
जसले गर्दा खेलाडीले स्वभाविक रुपमा प्रदर्शन गर्न पक्कै सकेका छैनन् ।
तर विभागीय टोलीले प्रदेशको टोलीसँग स्वभाविक खेल खेल्न सकेन ।
आर्मी टिममा रहेका १२ मध्ये ११ खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् ।
उता गण्डकीमा भने राष्ट्रिय टिमका कुनै खेलाडी छैनन् ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको गण्डकीले आर्मीलाई हराउँदै ३ अंक जोडेको छ ।
फाइनल पुग्ने आशा कायमै राखेको छ ।
चार टोली सहभागि प्रतियोगितामा राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
बुधबारै नेपाल पुलिस र एपिएफबीचको खेल पनि हुँदैछ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ २८ बुधवार १३:४१



















