राजनीतिक चरित्र हत्या गरि समाचार सम्प्रेषण भएकोप्रति खण्डन
वि.सं.२०७७ माघ १९ सोमवार १२:३२
2.1K
shares
रामेछापः रामेछापको सुनापाति-५ खानीयापानीका स्थानीय युवाहरुले राजनीतिक चरित्र हत्या गरि समाचार सम्प्रेषण भएकोप्रति खण्डन गर्दै विज्ञप्ती जारी गरेका छन् ।
त्यहाँका स्थानीय युवाहरु नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको भनि भ्रामक र गलत समाचार सम्प्रेसण भएको भन्दै समाचारको गम्भीर आपत्ति र खण्डन गर्दै आफुहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नै रहेको भनि विज्ञप्ती जारी गरेका छन् ।
विज्ञप्ती जारी गर्नेहरुमा तिलक श्रेष्ठ, राजकुमार मानन्धर, रमेश श्रेष्ठ, मिलन श्रेष्ठ, भक्त श्रेष्ठ, सन्देश श्रेष्ठ, गोपाल श्रेष्ठ, अविक खपाङ्गी मगर, दीर्घ श्रेष्ठ, डम्बरलाल श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, बाबुराम मानन्धर, प्रवेश मानन्धर, प्रणिल मानन्धर र युनिक श्रेष्ठ रहेका छन् ।
वि.सं.२०७७ माघ १९ सोमवार १२:३२




















