YouTube Link

सरकारले राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं:  सरकारले १२ औं राष्ट्रिय जनगणनाको लागि ४८ हजार कर्मचारी भर्ना गर्ने भएको छ । जनगणनामा खटिने गणकका लागि १ महिना र सुपरिवेक्षेको लागि २ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न लागिएको हो ।

केन्द्रीय तथ्यांक विभागले जनगणनाको लागि गणक र सुपरिवेक्षकले २०७७ माघ ११ देखि चैत ११ गतेसम्म  इच्छुक व्यक्तिले संस्थाको वेवसाइटमा गएर स्मार्ट मोबाइल फोनबाट फारम भर्न सक्ने व्यवस्था मिलाएको छ । स्थानीय तहमा खुलेका कार्यालयमै तालिम दिइने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

जनगणनाको लागि प्रदेश तथा जिल्लामा ८७ वटा कार्यालय स्थापना हुनेछन् भने स्थानीयस्तरमा ३४९ वटा कार्यालय खोल्ने तयारी विभागले गरेको छ । सरकारले ‘मेरो जनगणना, मेरो सहभागिता ’ भन्ने मूल नाराका साथ यहि जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनामा ४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।

विभागले घर तथा परिवार सूचीकरणका लागि वैशाख २६ देखि जेठ १४ गतेसम्म र २० व्यक्तिगत गणनाका लागि १५ दिन समय छुट्याएको छ । जेठ २५ गतेदेखि असार ८ गतेसम्म मूल गणना गर्ने अभियान स्वरुप नेपाल सबै जिल्ल्लामा एकै पटक जनगणना गर्ने  छ । असार १ गतेलाई राष्ट्रिय जनगणना दिवसको रुपमा मनाइने छ ।

२०७८ असोज मसान्तसम्म सम्पूर्ण नतिजा सार्वजनिक गरेर विषयगत प्रतिवेदन तयार गरी नतिजा प्रकाशन गर्ने विभागको योजना छ । १९६८ पछि नेपालमा हरेक १० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यसै वर्ष १२ औं जनगणना आर्थिक वर्षको असारमा हुँदैछ ।

जनगणनाको प्रश्नावलीको खण्ड ‘क’ मा ११ वटा प्रश्न सोधिने छ । उक्त खण्डमा घरपरिवारको परिचयात्मक विवरणदेखि घरको प्रकार तथा घर बनाएको वर्षसम्म सोधिने छ । साथै परिवारले लिएको व्यवसायिक तथा प्राविधिक विषय सम्बन्धि प्रश्नावली तयार पारिएको छ ।

खण्ड ‘ख’ को मुख्य प्रश्नावलीमा परिवारले प्रयोग गरेको फोन, सवारी साधन, रेप्रिजेरेटर, वासिंङ मेशिन, एयर कन्डिशनलगायतका घरायसी सुविधा तथा साधनको वारेमा प्रश्न सोधिने छ । साथै परिवारमो महिलाका नाममा रहेको घरजग्गा विवरण समेत सोधिने भएको छ ।

यो पनि पढ्नुहोस् :

नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्दै ओली, क -कसलाई लगाउदैछन् ठेगान ?

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:११

काठमाडौं: नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको...