वार्षिक ८४ करोड रुपैयाँको अफर रोनाल्डोले त्यागे
वि.सं.२०७७ माघ ११ आइतवार १२:४५
2.9K
shares
एजेन्सी: क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको पर्यटनको सद्भावना दूत बन्नको लागि आएको वार्षिक ५.३ मिलियन पाउण्ड ९८४ करोड रुपैयाँ बराबरको अफर त्यागेका छन् ।
साउदी अरेबियाले आफ्नो पर्यटनको अगाडि देखिने अनुहारको रुपमा विश्वस्तरीय फुटबलरलाई ल्याउने आशा त्यागेको छैन ।
अब साउदीले अर्का स्टार फुटबलर लियोनेल मेस्सीलाई यही वार्षिक ५.३ मिलियन पाउण्ड ९८४ करोड रुपैयाँ अफर दिएको छ ।
द टेलिग्राफका अनुसार यो अफरमा खेलाडी साउदी अरेबिया जाने र साउदीले प्रचारप्रसारको लागि प्रयोग गर्ने सामग्रीहरुमा उनको तस्वीर प्रयोग गरिने शर्तसमेत समावेश छ ।
३५ वर्षका युभेन्टस स्टारले भने यो अफर पास गर्ने निर्णय गरेका छन् ।
साउदी अरेबियाको मानवअधिकार उल्लंघनका रेकर्डको बीचमा उसले विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गर्न थालेपछि यस विषयमा चिन्ता बढेको हो ।
फर्मुला वन रेसका मालिकहरुले अर्को वर्षको पेनल्टीमेट रेस साउदी अरेबियामा गर्ने निर्णय गरेपछि उनहिरुको पनि आलोचना भएको छ ।
एन्थोनी जोसुआ र एन्डी रुइज जुनियरको रिम्याच साउदीमा गर्ने निर्णयप्रति एम्लेस्टी इन्टरनेशनलले आपत्ति जनाएको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ ११ आइतवार १२:४५




















