YouTube Link

अच्युत र करिशा क्रस दुवाथलन सिरिज दोश्रो संस्करणमा बिजयी

Facebook Link

काठमाडौं: अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् ।

ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डका साथ खरेलले प्रथम स्थान हात पारेका हुन् । उनले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग भौचर प्राप्त गरे ।

स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्दै नव प्रतिभाहरुलाई ट्राईयाथलन खेलसँग आवद्ध गर्ने र खेल समूदायको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको च्याम्पियनसिपको महिला तर्फ एक मात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ बिजय हात पारिन् । उनले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।

यस्तै पुरुष तर्फ ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनेट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । दोश्रो हुने खेलाडीले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १५ सय बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे । यसका साथै प्रत्येक बिजयी खेलाडीहरुले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

२.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि.दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई किर्तिपुर नगरपालिकाका मेयर रमेश कुमार महर्जन, किर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

स्थानिय स्तरमा स्थानिय संस्थाहरु संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने उद्धेश्य जम्प नेशनको रहेकोले सोही लक्ष अनुरुप खेल क्षेत्र संग सहकार्य गर्न जम्प नेशन अगाडी बढेको हो ।

सिरिजको पहिलो संस्करण काठमाण्डौको उत्तरभेगिय प्राचिन सहर टोखामा सम्पन्न भईसकेको छ । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरि चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुनेछ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...