पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लियो
वि.सं.२०७७ माघ ४ आइतवार ०९:०३
1.7K
shares
एजेन्सीः घरेलु टोली एन्जर्समाथि १–० को जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।
पिएसजीका लागि डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीले पछिल्ला ७ खेलमा अपराजित यात्रालाई कायमै राखेको छ ।
पीएसजीले दोस्रो स्थानको लियोनसंग २ अंकको अग्रता लिएको छ । लियोनले भने एक खेल कम खेलेको छ ।
पीएसजीको २० खेलबाट ४२ अंक छ । लियोनको ४० अंक छ । एन्जर्स ३० अंक सहित सातौं स्थानमा छ ।
वि.सं.२०७७ माघ ४ आइतवार ०९:०३



















