Texas College
YouTube Link

योनेक्स सनराईज १०औं पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

Facebook Link

काठमाडौं: योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता बुधबार सिरहाको गोलबजारमा सुरु भएको छ ।

नेकपा निकट खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको योनेक्स सनराईज १०औं पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको खेलकुद महासंघका संयोजक पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रम विच उद्घाटन गरे ।

गोलबजार नगरपालिकाका मेयरको सभापतित्वमा भएको कार्यक्रममा सिराहा जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र ठाकुर लगायत विभिन्न राजनैतिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा खेलाडी तर्फ राष्ट्रिय नम्बर १ खेलाडी रत्नजित तामाङ्ग र निर्णायकको तर्फबाट अन्तराष्ट्रिय निर्णायक एवं प्रतियोगिता रेफ्रि किरण कारञ्जितले प्रतियोतिको मर्यादालाई मध्यनजर राख्दै बिश्व ब्याडमिन्टन महासंघ, एशियाली ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नीति, नियम भित्र रहि सहभागी हुने र प्रतियोगिता खेल्ने खेलाउने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष तर्फ राष्ट्रिय १६ ¥याङ्किङ्ग र महिला तर्फ राष्ट्रिय १२ ¥याङ्किङ्ग खेलाडीहरुको छुट्टै प्रतिपर्धा हुने छ ।

यस्तै त्यस देखि बाहेककाको पुरुष र महिल एकल तथा युगल, ब्वाईज र गल्र्स १७ तथा भेट्रन्स ४५ माथी गरि ९ विधामा प्रतिस्पर्धा हुने छ ।
रत्न र प्रिन्सको विजयी सुरुवात

राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्ग र बिश्व जुनियर नं. ११ औं खेलाडी प्रिन्स दाहालले प्रतियोगिताको पहिलो दिन राष्ट्रिय १६ ¥याङ्किङ्गको प्रतियोगितामा आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।

लिगको पहिलो खेलमा सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१- ७, २१ -११ ले तथा दोश्रो खेलमा एपिएफका गौतम कठायतलाई २१-१८, २१-१२ को जित निकाले ।

यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१-१६, २१-११ ले तथा दोश्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१-१२, २१-१३ ले पराजित गरे ।

यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१-११, २ १-७ ले तथा पुलिसका सुनिल जोशीमाथी २१-१८, २१-११ को जित निकाले ।

सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथी २१-८, १९-२१ र २१-८ तथा भोजपुरका बिकास श्रेष्ठमाथी २१-१७, २१-२३, २४-२२ को जित निकाले ।

यसैगरि सेनका नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९-२१, २१-१७, २१-१७ तथा दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१-७, २१-१३ ले पराजित गरे ।

जित निकालेर अघि बढ्ने क्रममा भोजपुरका खेलाडी बिकास श्रेष्ठले एपिएफका विजीत थापामगरमाथी २१-१६, २१-१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथी २१-१२, ९-२१, २१-१८ले, एपिएफका गौतम कठायतले धादिङ्गका सुदीप सेंढाईलाई २१-९, २१-१०ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२-२०, २१-१० ले पराजित गरे ।

प्रतियोगिताको अन्तिम लिग बिहिबार हुने रेफ्रि किरण कारञ्जितले बताए ।

महिला राष्ट्रिय १२ ¥याङ्किङ्ग लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङ्गकी तारा आलेलाई २१-१२, २१-११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१-६, २१-५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१-३, २१-३ ले तथा एपिएफकी जेशिका गुरुङ्गले मनिषालाई २१-५, २१-४ ले पराजित गरे ।

यसैगरि भोजपुरकी नङ्गशलदेवी तामाङ्गले विराट ब्याडमिन्टन क्बलकी २१-१९, २१-१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१-१५, २०-२२, २१-१५ ले पराजित गरे ।

पुरुष एलकलको राष्ट्रिय १६ ¥याङ्किङ्ग बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ्ग, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%80%e0%a4%8f%e0%a4%9a%e0%a4%b8%e0%a5%80%e0%a4%8f-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a4%be-%e0%a4%b8%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a5%8b%e0%a4%a6%e0%a4%af-%e0%a4%ac%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...