तेस्रो टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनु पर्ने
वि.सं.२०७७ पुस २६ आइतवार १६:०३
1.7K
shares
काठमाडौं: अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएको छ ।
४०७ रनको लक्ष्य पछ्याएको भारतले चाौथो दिनको समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएको छ ।
अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ ।
रोहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए ।
चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहाने ४ रन बनाएर खेलिरहेका छन् ।
१०३ र २ बाट चोथो दिनको खेल थालेको घरेलु टोली अष्ट्रेलियाले ३१२ र ६ मा दोस्रो इनिङ्स डिक्लेर गरेपछि भारतले ठूलो लक्ष्य पाएको हो ।
अष्ट्रेलियाका लागि मार्नुस लाबुसचेन, स्टिभ स्मिथ र क्यामरुनले ग्रीनले अर्धशतक प्रहार गरे ।
ग्रीनले सर्वाधिक ८४ रन बनाउँदा स्मिथले ८१ र लाबुसचेनले ७३ रन बनाए ।
कप्तान टिम पेन ३९ रनमा अविजित रहे । भारतका लागि बलिङमा नवदीप सैनी र रविचन्द्रन आश्विनले २-२ विकेट लिए ।
यो पनि पढ्नु होस् ।
वि.सं.२०७७ पुस २६ आइतवार १६:०३



















