Rajshow Bivag

१७औं संस्करणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’को मनोनयन सार्वजनिक

Departmant of helth services

काठमाडौं: १७औं संस्करणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।

वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् ।

वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो ।

मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ ।

अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ । य

स वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

अवार्ड कार्यक्रम पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रूपमा गरिने आयोजक मञ्चले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा

श्याँदर पिदार यथार्थ: भ्रम र निराकरणको उपाय बारे एक चर्चा परिचर्चा

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४४

१. श्याँदर कि चण्डी ? अर्थ, कारण र सच्चिनुपर्ने कारणः...

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संलग्नतामा पशुपतिनाथको भेटी चोरी, दर्शनार्थीले चढाएको भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संलग्नतामा पशुपतिनाथको भेटी चोरी, दर्शनार्थीले चढाएको भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०५

  काठमाडौं: पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पशुपतिनाथको...

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

कोलकाता र हैदरावाद भिड्दै, विजेता टोली फाइनल पुग्ने

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:५४

  एजेन्सी: भारतमा जारी १७औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)...

सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा नेपाली कांग्रेस

सडकदेखि सदनसम्म आन्दोलनको तयारीमा नेपाली कांग्रेस

वि.सं.२०८१ जेठ ८ मंगलवार ०९:०५

  काठमाडौं: नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:५६

  काठमाडौं: संघीय संसद् अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन्...

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ८ गते मंगलबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२१

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...