आज मिति २०७७ साल पुस १८ गते शनिबार तदनुसार सन २०२१ जनवरी महिनाको २ तारिख, पौष कृष्णपक्ष, हेमन्तरितु, दक्षिणायनसुर्य, अश्लेषानक्षत्र, तृतीयातिथी, विष्कुम्भयोग, भद्राकरण, आज चन्द्रमा कर्कट राशीमा भ्रमण गरिरहेको छ ।
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन आफनो र आफनो परिवारको भविष्यको बारेमा योजनाहरु बनाउनमा खर्चिनुहोला, नयाँ वर्ष शुरु भइसकेकोले जीवनमा अब अगाडि कसरी बढने भन्नेबारेमा एकपटक गम्भीर रुपले घोत्लिने बेला आएको छ, आजको दिन केही अनपेक्षित हुने वा नयाँ नौलो कुराहरुमा रुचि जाग्ने सम्भावना छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज साझेदारहरुसँग आफना साझा सहकार्यहरुलाई फरक ढंगले अगाडि बढाउने अवसरको रुपमा सदुपयोग गर्नुहोला, भविष्यमा लाभ हुनेछ, किनकी अरुहरुसितको संवाद र सहमतिले नै तँपाइको फरक वा विषम अवस्थालाइ अनुकुल बनाउनसक्नु हुनेछ, साथै आज आफूलाइ मन परेको मान्छेलाइ अथवा आफूप्रति सहानुभूति राख्ने व्यक्तिलाइ भेटेर सम्बन्धहरु अझ प्रगाढ र आकर्षक बनाउने दिनको रुपमा लिनुहोला ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज तँपाइको आफनो वर्तमान मात्र होइन भविष्यसँग सम्बन्धित गम्भीर दिर्घकालीन महत्वपूर्ण विषयहरु छलफल गर्न अग्रसर हुनुहोला । सावधानीपूर्वक आज दिनलाइ अगाडि बढाउँदै दैनिक रुटिन कार्यहरु, अर्थ वा लगानीसँग सम्बन्धित विषयहरु साथै निजी तथा घरेलु विषयहरुलाइ आज नियमसंगत ढंगले र स्पष्ट भएर अगाडि लानुभएमा दिन सुखद रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारिरिक धपेडी पर्नेखालका कार्यहरुलाइ आज स्थगित गर्नुहोला, केहि नयाँ खालको अनुभव लिनुपर्ने अवस्था आउनसक्छ, आज तँपाइले जस्तोसुकै तनाव सहनु परेपनि धैर्यपूर्वक आफनो भावनाहरुलाइ नियन्त्रणमा राख्नुभएमा आशातित सफलता प्राप्त हुनेछ, वैमनस्यता, विवादको स्थिती र खराब व्यक्तिहरुबाट चाँहीबच्नुहोला । आत्मनियन्त्रण नै आजको एक मात्र उपाय रहनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तँपाइले सोचेका कुराहरु परिवर्तन हुन सक्छन्, अर्थात सोचे अनुसार कामहरु नहुनसक्छ, आफनो खालि समय नयाँ सोच र चाहनाहरुलाइ साकारपार्ने विषयमा सदुपयोग गर्नुहोला, सावधानीपूर्वक आत्ममूल्याकंन गरि अगाडि बढनुपर्ने खालको दिन छ, दिनको शुरुवातदेखि नै महत्वपूर्ण कार्यहरुलाइ सुचि बनाएर कार्य गरेमा बेलुकासम्म सुखद प्रतिफल प्राप्त हुनेछ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आरामदायी र शान्त वातावरणमा दिन बिताउनुहोला, आफनो पारिवारिक जीन्दगीलाइ आज फरक दृष्टिकोणबाट मूल्याकंन गर्ने मौका पाउनुहुनेछ, अनौपचारिक वार्तालाप, भेटघाट तथा व्यवसायिक अभ्यासको लागि दिन उत्तम छ, भौतिक सामाग्री, लुगा कपडा खरीद वा प्राप्तिको योग छ । मित्रहरुबाट भने सावधान हुनुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन आनन्ददायक रहनेछ, तँपाइको स्वास्थ्यमा अथवा कार्यस्थलमा समस्या देखापरेपनि अप्ठयारा कुराहरुलाइ सकारात्मक ढंगले सजिलै समाधान गर्न सफलता मिल्नेछ । अरुहरुसँगको संवाद र सहकार्यले तँपाइमा नयाँ सकारात्मक कुराको विजारोपण हुने योग छ । आज घरपरिवारसँग अथवा सन्तानसँग समय बिताउनुभएको खन्डमा दिन सुखद रहनेछ ।
एकान्तमा आफूलाइ विश्लेषण गर्नुभएको खन्डमा नदेखिएका वा बेवास्ता गरिएका गल्तिहरु पत्ता लगाउन सहज हुनेछ र चलिरहेको समस्या निराकरण भइ तनाव मुक्त भइनेछ । आफनो जीवनसंगिनी वा मनपरेकोसँग मिठा पलहरु घुमघामको रुपमा विताउन सकभर प्रयासगर्नुहोला, यसबाट पनि तँपाइलाइ पूरा दिन सकारात्मक उर्जा प्राप्त हुनेछ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुनैपनि प्रकारले बन्न जाने सम्बन्धको लागि आज दिन ठिक छैन, दुर्घटना वा चोटपटकको सम्भावना पनि छ, अफवाहको पछि नलाग्नुहोला, कुरा काटनेहरु तथा रिस गर्नेहरुले गर्दा मानसिक तनावब ढनसक्नेछ तसर्थ उनीहरुको बारेमा सोच्न छोडिदिनुमा नै हितकरहुनेछ, गफाडी वा अर्धज्ञानीहरुबाट सकेसम्म बच्नुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वागत सत्कार, रमाइलो खानपान तथा मनोरन्जनमा समय बित्नसक्छ, वाहन, विवाह र प्रेमको क्षेत्रमा सुखद अवसर प्राप्त हुनसक्छ, आर्थिक पक्ष राम्रो हुने र शत्रु जनित पीडाबाट मुक्त हुनेसम्भावना छ, । घरबाट टाढा जानुपर्ने अवस्था आउन सक्छ अथवा कुनै छोटो दुरीको भ्रमण पनि हुनसक्छ । व्यापार, व्यवसाय र लगानीलाइ दिन राम्रो रहनेछ । परिवार तथा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ, तपाँइले आज केही महत्वपूर्ण कुराहरुको जवाफ दिनुपर्ने पनि हुनसक्छ ।
तँपाइको परिवारसँग रमाइला पलहरु बिताउनुभएमा सकारात्मक उर्जा प्राप्तिको साथै उनीहरुको ठूलो साथ र सहयोग पाउनुहुनेछ, कार्यस्थलमा नसोचेको कुरा प्राप्त हुने अथवा कदर हुने योग पनि छ, नयाँ सामान लिने वा खरीद गरिने सम्भावना पनि छ, प्रविधि र सोसल ग्याजेटको मद्दतले आज तँपाइले चाहेको कुरा पुरा गर्नुहुनेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज तँपाइले आफ्ना थाँतीरहेका घरायसी तथा रुटीन कार्यहरु सम्पन्न गर्न व्यस्त हुनुपर्र्ने अवस्था छ, आर्थिक तथा प्रशासनिक झमेलाहरुसँग सम्बन्धित कार्यहरु आज समाधान हुने सम्भावना छ, बेलुकी सबै खालका व्यस्तताबाट मुक्त भइ आनन्द अनुभूत हुनेछ । धैर्य, आत्म अनुशासन र आत्मनियन्त्रण नै तँपाइको लागि आज एक मात्र उपाय हुनेछ, स्वास्थयको भने ख्याल राख्नुहोला ।