Texas College
YouTube Link

चौतर्फी दबाबपछि खुल्लामञ्चमा सञ्चालित टहरामा महानगरपालिकाले लगायो डोजर

Facebook Link

काठमाडौं: सार्वजनिक जग्गा हडपेर व्यक्तिको नाममा बनाउने तथा व्यावसायिक प्रयोजनमा लगाउनेसम्ममा हर्कतको एकपछि अर्को पर्दाफास भैरहेको छ । वालुवाटार प्रकरण नसेलाउँदै चर्चामा आएको खुल्लामञ्च कब्जा गरी बनाइएका सटर भने चौतर्फी दबाबपछि काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

खुल्लामञ्च कब्जा गरेर व्यावसायिक सटर निर्माण गरी भाडामा लगाइएको विषयमा जनस्तरबाटै आएको दबाब थेग्न नसकेको काठमाडौं महानगरपालिकाले शनिबार आकस्मिक रुपमा डोजर लगाएर भत्कएको छ । महानगरपालिकाले सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा अस्थायी बसपार्क बनाइएको खुल्लामञ्चमा बस प्रवेशमा रोक लगाएर खुल्लामञ्च कब्जा गरेर बनाइएका सटरमा डोजर लगाएर भत्कायो ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य खुल्लामञ्च पुगेर फर्किसकेका थिए भने उपमेयर हरिप्रभा खड्गी पछि मात्रै खुल्लामञ्च पुगेकी थिईन् । पसलमा डोजर चलेपछि आक्रोशित व्यवसायीले उपमेयर खडगीमाथि नै अपशब्द प्रयोग गर्दै हातपात प्रयास गरेका थिए । आक्रोशित व्यवसायीले समाचार संकलन गर्न पुगेका पत्रकारलाई समेत हातपातको प्रयास गरे ।

होहल्ला गर्नेमध्ये केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लियो । संरचना निर्माण गरी भाडामा नगाउँदासम्म कसैको ध्यान नदिएर व्यवसाय सुरु गरेपछि डोजर लगाउँदा लाखौं रुपैंयाँ डुबेको भन्दै व्यवसायीहरुले आक्रोश पोखे ।

पछिल्लो समय प्रधानमन्त्री निवास बालुवाटारकै सरकरी जग्गा समेत व्यक्तिको नाममा पुगेको र त्यसमा नेकपाकै महासचिव बिष्णु पौडेल लगायतका उच्च तहका राजनीतिक नेतृत्व र व्यवसायी समेत मुछिएपनि सार्वजनिक जग्गा अतिक्रमणको बिषयमा चर्को आलोचना हुँदै आएको छ । त्यो प्रसंग नसेलाउँदै खुल्लामञ्चसमेत अतिक्रमण गरी सटर निर्माण गरिएको समाचार बाहिरियो ।

चौतर्फि आलोनापछि काठमाडौं महानगरपालिका खुल्लामञ्चका सटरमा डोजर लगाउन बाध्य भएको हो । सटर महानगरपालिको मिलोमतोमा निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई विल्डर्सले निर्माण गरेको हो । यहि कम्पनीले नै पुरानो वसपार्कमा बहुउदेश्यीय प्रयोजन सहितको संरचना बनाउन लागेपछि त्यहाँको बसपार्कलाई अस्थायी रुपमा खुल्लामञ्चमा सारिएको थियो ।

त्यसैको फाईदा उठाउदै निर्माण कम्पनीका सञ्चालक मनोज कुमार भेटवालले गैरकानुनी रुपमा सटर बनाएर भाडामा लगाएका हुन् । सटर भत्काईपछि लाखौं रकम तिरेर सटर भाडामा लिएका व्यवसायीको भने बिचल्ली भएको छ । खुल्लामञ्चमा डोजर त चलेको छ तर राजनीतिक रुपमा पहुंचवाला व्यक्तिको नियन्त्रणमा पुगेको बालुवाटारको जग्गा अतिक्रमण गर्नेलाई के कारबाही हुन्छ भन्ने प्रश्न झन पेचिलो बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...