Rajshow Bivag

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्छौँ मन्त्री रावल

Departmant of helth services

काठमाण्डौ : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ ।

 

सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताउनुभयो ।

 

प्रदेश सरकार खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छु, मन्त्री रावलले भन्नुभयो,हाम्रा सामु निकै महत्त्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।

 

खेल क्षेत्रमा कार्यरत व्यावसायीक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उहाँले जिकिर गर्नुभयो ।

 

उहाँले भन्नुभयो,बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकुद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।

 

लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायीक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उहाँको भनाइ थियो ।

 

उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकुद परिषद्सँग पनि छलफल भएको जनाउनुभयो ।

 

मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%8f%e0%a4%9f%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a1%e0%a5%8d%e0%a4%b0/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...