YouTube Link

कराते खेलाडी सुमन सागाको ब्रान्ड एम्बासडरमा नियुक्त

Facebook Link

काठमाडौं: सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा.लि. ले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता लगायतका खेलकुद कार्यक्रममा सहभागी हुन नि:शुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।

दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।

प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसँग जोडिन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा पनि खेल क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने चाहना रहेको बताए ।

‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता पाएका छन् । थुप्रै खेलाडीले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको हामीले सुनेका छौं ।

हाम्रो यो कदमले थारै भएपनि खेलाडीलाई राहत मिल्ने छ भन्ने विश्वास छ । त्यसैले हामीले उहाँ (सुमन) बाट सुरुआत गरेका हौं ।’ प्रबन्ध निर्देशक गुरुङले भने– ‘आगामी दिनमा अन्य खेलाडीलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने छौं ।

देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रमुख माध्यम खेल क्षेत्रसंग जोडिन पाउँदा असाध्यै खुशी लागेको छ ।’ उनले अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय हवाइ टिकटमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरे ।

सुमनले ब्रान्ड एम्बसडरमा नियुक्त गरेकोमा सागालाई धन्यवाद दिदै सागाको प्रवद्र्धनमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय जज समेत रहेका सुमनले खेलाडीका रुपमा विभिन्न देशमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । त्यसमा उनले बंगालादेश र श्रीलंकामा भएको प्रतियोगितामा स्वर्ण तथा मलेसियामा भएको प्रतियोगितामा कांस्य जितेका छन् ।

उनले १३ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनले क्यानाडामा भएको चौथो विश्व मार्सल आर्ट्स सम्मेलनमा पनि सहभागिता जनाएका थिए ।

र यो पनि…
पलिस्था कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...