YouTube Link

स्पानिस क्लब बार्सिलोन आइबरसाँग हारबाट जोगियो

Facebook Link

एजेन्सीः स्पानिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा आइबर र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँढेका छन् ।

बराबरीमा रोकिएपछि स्पानिस क्लबबार्सिलोनाले अंक तालिकामा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

मार्थिन ब्रेथवेइटेले पेनाल्टी गुमाउनु अनि एक गोलले मान्यता नपाएपछि बार्सिलोनाले बइबरसँग घरेलु मैदानमै १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

आइबरले ला लिगामा पहिलो पटक क्याम्प नोउमा अंक जोड्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा आठौं मिनेटमै बार्सिलोनाले अग्रता लिने अवसर पाएको थियो । तर मार्टिन ब्रेथवेइटेको पेनाल्टी प्रहार पोष्टभन्दा बाहिर गयो ।

यस्तै २५औं मिनेटमा ब्रेथवेइटेले नै गोल गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन । पहलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन ।

५७औं मिनेटमा किकेले गोल गर्दै आइबरलाई पहिले अग्रता दिलाएका थिए ।

तर त्यसको दश मिनेटमपछि बार्सिलोनाका ओसमान डेम्बेलेले जुनियर फिर्पोको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि थप गोल नहुँदा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

१५ खेलबाट २५ अंक जोडेको बार्सिलोना छैटौं स्थानमा छ ।

बार्सिलोना शीर्ष स्थानमा रहेको एट्लेटिको र रियल मड्रिडभन्दा अझै ७ अंकले पछि छ ।

आइबर १६ खेलबाट १६ अंकसहित १५औं स्थानमा छ ।

त्यसअघि सेभियाले भियारियाललाई २–० ले पराजित गर्दै चौथो स्थानमा उक्लँदा बार्सिलोना एक स्थान तल झरेको हो ।

सेभियालाई घरेलु मैदानमा जित दिलाउन लुकास ओकमपास र युसु एन नेसय्रीले १–१ गोल गरे ।

सेभिया १४ खेलबाट २६ अंकसहित चौथो स्थानमा उक्लेको छ ।

१६ खेलबाट २६ अंक नै रहेको भियारियल पाँचौ स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%85%e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%87%e0%a4%a8%e0%a4%bf%e0%a4%99%e0%a5%8d%e0%a4%b8-%e0%a4%b0-%e0%a5%aa/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...