YouTube Link

अग्रता जोगाउन नसक्दा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

Facebook Link

काठमाडौं: साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको छ । गएराती एको खेलमा सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा लिभरपुलले वेष्टब्रोमसँग १–१ को बराबरी खेलेको हो ।

 

घरेलु मैदान एनफिल्डमा भएको खेलको १२औं मिनेटमा साडियो मानेले जोएल मातिपको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ८२मिनेटसम्म लिभरपुलले अग्रता कायम राखे पनि त्यसपछि भने गोल खायो । वेस्टब्रोमका समी अजायीले म्याथ्यु परेइराको पासमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि थप गोल हुन सकेन ।

 

बराबरीपछि लिग लिडर लिभरपुलले १५ खेलबाट ३२ अंक जोडेको छ । समान खेलबाट २९ अंकसहित एभरटन दोस्रो स्थानमा छ ।
१५ खेलबाट ८ अंक रहेको वेष्टब्रोम भने रेलिगेसन जोनमा अर्थात १९औं स्थानमा छ ।यस्तै लण्डन क्लब टोटनहम हट्सपर पनि अग्रता कायम नराख्दा वल्भ्ससंग १-१ को बराबरीमा रोकिएको छ ।

 

खेलको पहिलो मिनेटमै ताङ्गुए एनडोम्बेलेल गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर ८६औं मिनेटमा रामन साइसले वल्भ्का लागि बराबरी गोल फर्काए ।बराबरीपछि १९ खेलबाट २६ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट २१ अंकसहित वल्भ्स ११औं स्थानमा छ । यस्तै लिड्सले बर्नलीलाई १-० ले पराजित गरेको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...