अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ९ खर्ब डलरको राहत प्याकेजमा हस्ताक्षर
वि.सं.२०७७ पुस १३ सोमवार १२:४४
1.6K
shares
वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौ अर्ब डलरको राहत प्याकेज सम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका छन् ।
एक साताअघि नै संसदले विधेयक पारित गरे पनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाइ गरेका थिए ।
रिपब्लिकन र डेमोक्रेट दुवै दलको सहमतिमा पारित भएको विधेयक स्वीकृत नभएपछि दुवै दलले राष्ट्रपतिमाथि दबाब दिएका थिए ।
कोभिड–१९ को संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो ।
यसअघि पनि झन्डै २२ खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो ।
पछिल्लो विधेयक स्वीकृत गरेसँगै अमेरिकी संघीय कार्यालयहरु बन्द हुने खतरा तत्कालका लागि टरेको छ ।
उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत नभएको अवस्थामा यही मंगलबारदेखि कैयौँ अमेरिकी संघीय कार्यालयहरु बन्द हुने अवस्थामा थिए ।
अमेरिकाका नयाँ निर्वाचित राष्ट्रपति जो बाइडेनले समेत दुवै सदनद्वारा पारित आमसहमतिको विधेयक तत्काल स्वीकृत गर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए ।
राष्ट्रपति, ट्रम्पले विधेयक स्वीकृत गर्ने क्रममा प्रत्येक अमेरिकी परिवारका लागि हाल प्रस्तावित ६०० अमेरिकी डलरको साटो १८०० डलर दिनुपर्ने आफ्नो पूर्वअडान यथावत् रहेको दोहोर्याएका छन् ।
र यो पनि पढ्नुहोस्ः
आज सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँ बढ्यो
मेस्सीले सिजनको अन्त्यसम्म अन्य क्लबमा कुरा नगर्ने
कैलालीको जुगेडा प्रहरी हत्याकाण्डका मुख्य योजनाकार पक्राउ
वि.सं.२०७७ पुस १३ सोमवार १२:४४


















