नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण
वि.सं.२०७७ पुस १३ सोमवार ०६:०७
1.5K
shares
काठमाडौं : नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् ।
सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी लगायतले नवनियुक्त मन्त्री लामाको स्वागत गरेका थिए ।
स्वागतका अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालिन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए ।
मन्त्री लामाले खेलाडीको जीवनस्तर वृद्धिसम्बन्धी फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरे ।
यसअघि मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगतबाहदुर सुनार९बिश्वकर्मा० लाई बिदाइ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा
ओलीले शुक्रबार मन्त्रीपरिषद हेरफेर तथा विस्तार गर्दा बिश्वकर्मा पदमुक्त भएका थिए ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस १३ सोमवार ०६:०७




















