चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा, प्रधानमन्त्रीसहित नेकपा शीर्ष नेताहरूलाई भेट्दै
वि.सं.२०७७ पुस १२ आइतवार १५:११
1.2K
shares
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौलेको नेत्तृत्वको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो ।
प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय विभागका चारजना सदस्यहरू छन् । नेकपाका विदेश विभाग उपप्रमुख तथा प्रचण्ड-नेपाल समूहका नेता राम कार्कीले चिनियाँहरू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन आएको जानकारी दिए ।
चिनियाँ प्रतिनिधिमण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका शीर्ष नेताहरूलाई पनि भेटघाट गर्ने छ ।
पार्टी विभाजनपछि पहिलोपटक चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको छ । स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा विभाजनप्रति असन्तुष्टि जनाएको छ ।
पार्टी विभाजन भएपछि चिनियाँ राजदूत होउ यान्छीले पनि सक्रियता बढाएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई भेटेर नेकपा एकताबद्ध रहेकै हेर्न चाहेको बताइसकेकी छन् ।
यता प्रचण्ड–नेपाल समूहले भने चीनले आफूहरूलाई मान्यता दिएको बताउँदै आएको छ । प्रधानमन्त्री ओलीले चीनसँगको समझदारी कार्यान्वयनमा तदारूकता नदेखाएको, मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना (एमसीसी) अघि बढाउन खोजेको र पार्टीभित्रको विग्रह व्यवस्थापन नगरी फुटतिर अग्रसर रहेकाले चीनको साथ पाउन मुस्किल रहेको उनीहरूको जिकिर छ ।
र यो पनि पढ्नुहोस्ः
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाद्वारा प्रदर्शन
एमसीसी लागु गर्ने पक्षमा उर्जामन्त्री रायमाझी
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो आईपीओ विक्री गर्न अनुमति
ब्रोकरको कमिसनबारे सेयर ब्रोकरहरु असन्तुष्ट
वि.सं.२०७७ पुस १२ आइतवार १५:११




















