पूर्वराजा ज्ञानेन्द्र शाह पुर्वी नेपालको भ्रमणमा निस्कदै
वि.सं.२०७७ पुस ११ शनिवार १७:०९
2.5K
shares
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन् ।
पूर्व-रानी कोमल शाहसहित उनी झापाको दमकमा रहेको हिमालयन रिसोर्टस्थित निवासमा जाने बताइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र र पूर्व-रानी गएपछि केही दिनपछि पूर्वयुवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम रहेको पूर्व-राजाका प्रेस सचिव फणिराज पाठकले जानकारी दिए ।
झापा बसाइको क्रममा उनले राजावादी संघ संस्थाका प्रतिनिधि सहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
वि.सं.२०७७ पुस ११ शनिवार १७:०९




















