YouTube Link

चिनियाँ उपमन्त्री आज नेपाल आउँदै, मिलाउलान त नेकपा विवाद ?

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले दुई भागमा विभाजित भएर आ-आफ्नो गन्तव्य शुरु गरिरहँदा अन्तर्राष्ट्रिय स्तरबाट चासो लिने काम तीव्र बनिरहेको छ ।

यसरी चासो बढेसँगै नेकपाभित्रको समस्या बुझ्नको लागि नेपालमा पहिलोपटक चिनियाँ पक्षबाट राजनीतिक भेटघाटलाई तीव्रता दिने भएको छ । जसको लागि आज चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउँदैछन् ।

उनीहरुले दुबै नेकपाका नेताहरुसँग पार्टी विभाजनको लागि भएका समस्याका बारेमा छलफल गर्ने बताईएको छ । उपमन्त्री कुओ नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनीहरु चार दिन काठमाडौमा रहने बताईएको छ ।

नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो । उनीहरुले नेकपालाई के सन्देश दिन्छन भन्ने आम चासोको विषय भएको छ ।

चीनले नेपालमा स्थिरता, सुशासन र विकासका लागि नेकपाको झन्डै दुईतिहाइ जनमतको सरकार आफ्ना लागि पनि भरपर्दो शक्ति हुने विश्वाससाथ सम्बन्ध विकास गरेर लैजान चाहेको थियो । सोही कारण पनि नेकपाभित्रको विवादलाई उसले सोहीअनुसार नै हेर्दै आएको थियो । विवाद मिलाउन उसले यो बीचमा निकै मिहिनेत पनि गरेको थियो। तर चीनको प्रयास सफल भएन । नेकपा फुटेरै छाड्यो ।

पार्टी फुटको नजिक पुगेको चाल पाएपछि नेपालका लाथि चिनियाँ राजदूत होओ यान्छीले नेकपाका नेताहरुसँगको भेटेरै कुरा गरेकी थिईन । त्यसबिचमा यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू वर्षमान पुनदेखि कृष्णबहादुर महरासम्म भेट गरेकी थिइन् । तर भेटले कुनै सार्थकता पाउन सकेन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...