YouTube Link

देउवाले काँध थाप्दा ओलीलाई हाईसञ्चो, प्रचण्ड-नेपाल तनावमा

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को बिरोध जनायो ।

प्रतिनिधिसभा विघटनलाई संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र भएको बताउँदै यसको विषयमा थप निर्णय लिने भन्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको थियो ।

बैठक पुस ७, ८, ९ र १० गते गरी चार दिनसम्म चल्यो । बैठक संसद विघटनको विरोधमा १३ पुसमा १६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शन र मेलमिलाप दिवसका कार्यक्रमहरु रहेको भन्दै १९ पुससम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेस सभापति शेर बहादुर देउवाले चर्को रुपमा बिरोध गर्न चाहेका छैनन् । उनको ईच्छा ताजा जनादेशमै जान चाहेका कारण ओलीको कदमलाई भित्री रुपमा समर्थन जनाएका छन् । उनले जनताको आँखामा विरोध गरेजस्तो गरेपनि भित्री रुपमा चुनावी कार्यक्रमलाई तिव्रता दिने तयारी गरेका छन् ।

विरोध कार्यक्रम भन्दै वडा तहसम्म जाँदा चुनावी रणनीतिलाई प्राथमिकता दिने देउवाको तयारी रहेको उनीनिकट नेताहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेताले यसरी मौन समर्थन गरेको देखेपछि प्रधानमन्त्री ओली झन हौसिएका छन् ।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधबकुमार नेपाल पक्षले ओलीको यो कदमबिरुद्ध सडक संघर्ष गरिरहेको अवस्थामा देउवाले ओलीलाई भित्री रुपमा सहयोग गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिन थालिएको छ । यसले प्रचण्ड नेपाल पक्षलाई तनाव पनि सिर्जना गरेको छ ।

सर्वोच्च अदालतले पनि प्रतिनिधिसभा विघटनको विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले यो अवस्थामा कस्तो आदेश दिने हो त्यो गर्भकै अवस्थामा रहेको छ । यसले पनि प्रचण्ड नेपाल पक्षले ठोस निर्णय लिन सकिरहेको छैन ।

यो समूहले प्रधानमन्त्री ओलीलाई जसरी पनि गलाउने पक्षमा देखिएको छ । तथापी कांग्रेस सभापति देउवाले धाप मारेपछि ओली टस न मसको अवस्थामा रहेका छन् । उनी झन हौसिएका छन् ।

उता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरु संसद भंग गर्नु असंवैधानिक भन्ने निष्कर्षमा पार्टी पुगिसकेकाले सडक आन्दोलन चर्काउनुपर्छ भन्ने मत राखिराखेका छन् । तर सभापतिले मौनता साँध्दा उनीहरुको आवाज पनि दबिने खतरा बढिरहेको पार्टीभित्र हल्ला चल्ने गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...