YouTube Link

देउवाले काँध थाप्दा ओलीलाई हाईसञ्चो, प्रचण्ड-नेपाल तनावमा

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को बिरोध जनायो ।

प्रतिनिधिसभा विघटनलाई संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र भएको बताउँदै यसको विषयमा थप निर्णय लिने भन्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको थियो ।

बैठक पुस ७, ८, ९ र १० गते गरी चार दिनसम्म चल्यो । बैठक संसद विघटनको विरोधमा १३ पुसमा १६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शन र मेलमिलाप दिवसका कार्यक्रमहरु रहेको भन्दै १९ पुससम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री ओलीको कदमलाई कांग्रेस सभापति शेर बहादुर देउवाले चर्को रुपमा बिरोध गर्न चाहेका छैनन् । उनको ईच्छा ताजा जनादेशमै जान चाहेका कारण ओलीको कदमलाई भित्री रुपमा समर्थन जनाएका छन् । उनले जनताको आँखामा विरोध गरेजस्तो गरेपनि भित्री रुपमा चुनावी कार्यक्रमलाई तिव्रता दिने तयारी गरेका छन् ।

विरोध कार्यक्रम भन्दै वडा तहसम्म जाँदा चुनावी रणनीतिलाई प्राथमिकता दिने देउवाको तयारी रहेको उनीनिकट नेताहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेताले यसरी मौन समर्थन गरेको देखेपछि प्रधानमन्त्री ओली झन हौसिएका छन् ।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधबकुमार नेपाल पक्षले ओलीको यो कदमबिरुद्ध सडक संघर्ष गरिरहेको अवस्थामा देउवाले ओलीलाई भित्री रुपमा सहयोग गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिन थालिएको छ । यसले प्रचण्ड नेपाल पक्षलाई तनाव पनि सिर्जना गरेको छ ।

सर्वोच्च अदालतले पनि प्रतिनिधिसभा विघटनको विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले यो अवस्थामा कस्तो आदेश दिने हो त्यो गर्भकै अवस्थामा रहेको छ । यसले पनि प्रचण्ड नेपाल पक्षले ठोस निर्णय लिन सकिरहेको छैन ।

यो समूहले प्रधानमन्त्री ओलीलाई जसरी पनि गलाउने पक्षमा देखिएको छ । तथापी कांग्रेस सभापति देउवाले धाप मारेपछि ओली टस न मसको अवस्थामा रहेका छन् । उनी झन हौसिएका छन् ।

उता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा लगायतका नेताहरु संसद भंग गर्नु असंवैधानिक भन्ने निष्कर्षमा पार्टी पुगिसकेकाले सडक आन्दोलन चर्काउनुपर्छ भन्ने मत राखिराखेका छन् । तर सभापतिले मौनता साँध्दा उनीहरुको आवाज पनि दबिने खतरा बढिरहेको पार्टीभित्र हल्ला चल्ने गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...