YouTube Link

तपस्वी बम्जनले अदालतलाई किन टेर्दैन ?

Facebook Link

काठमाडौं: आफ्नै अनुयायीमाथि बलात्कार तथा वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनले अदालतलाई अपहेलना गरेको तथ्य सार्वजनिक भएको छ ।

उनीमाथि ३५ दिने सूचना टाँस गरेपनि अदालतमा उपस्थित नभएपछि अदालतलाई नै अपहेलना गरेको तथ्य सार्वजनिक भएको हो ।

तपस्वी बम्जनलाई जिल्ला अदालत सर्लाहीले ३५ दिनतभित्र अदालतमा उपस्थित हुनको लागि सूचना टाँस गरेपनि बम्जन अदालतमा उपस्थित भएनन् ।

उनको यो रवैयाले के तपस्वी बम्जन अदातलभन्दा माथि हुन त ? भन्ने प्रश्न तेस्र्याएको छ ।

सर्लाही अदालतले तपस्वी बम्जनलाई गत कात्तिक २४ गते अदालतमा हाजिर हुनको लागि सूचना टाँस गरेको थियो ।

बम्जनलाई खोज्दै पटक पटक प्रहरी बम्जनको आश्रममा छापा मार्न पुगे पनि उनी फेला परेका छैनन् ।

बम्जन फेला नपरेपछि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको विषयमा गत असार १८ मा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाही मार्फत मुद्दा दायर भएको थियो ।

उनी अदालतमा उपस्थित नभएपछि उनको बिरुद्ध एकलौटी ढंगले फैसला गर्ने अदालतले तयारी गरेको छ । यस्तो अवस्थामा अदालतलाई फैसला गर्न सजलिो पनि देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीका न्यायाधीवक्ता केशवप्रसा गौतमका अनुसार यो अवधिमा प्रहरीले समेत बम्जनलाई पक्राउ गरेर अदालतमा बुझाउने बाटो खुला छ ।

तर बम्जन नै पक्राउ नपरेपछि यो कुरामा पनि शंका गर्नुपर्ने अवस्था विद्यमान देखिएको छ ।

बम्जनमाथि चार जना अनुयायी बेपत्ता पारेको समेत उजुरी छ । तीमध्ये हेटौंडाको सञ्चलाल वाइवाको हत्या भएको आशंका गरिएको थियो । उनका छोरा महेन्द्रले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

छोरा सुरेश हराएको भन्दै हस्तबहादुर आलेमगर, दिदी फूलमायाबारे हेटौंडाका विजय रुम्बा र बहिनी चिनिमायाबारे नुवाकोटकी गंगामाया तामाङले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीले अनुसन्धानको सिलसिलामा सिन्धुपाल्चोकस्थित आश्रममा छापा हानेर खनतलासी गरेपनि कुनै प्रमाण भेटिएको थिएन ।

सिन्धुपाल्चोकको आश्रमको एक शंकास्पद स्थानमा खनेर प्रहरीले नुनको पोका फेला पारेको थियो ।

त्यहाँ शव गाडेर गलाइएको हुनसक्ने आशंका गरिए पनि कुनै सुराक भेटिएको थिएन ।

प्रहरी श्रोतका अनुसार अहिले पनि सिन्धुपाल्चोको घना जंगलमा आफ्नो अनुयायीका साथ बसिरहेका छन् ।

र यो पनि पढ्नुहोस्:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...