गौतमबुद्ध कप क्रिकेट उपाधिका लागि आज नारायणी र राप्ती खेल्दै
वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:४१
1.3K
shares
काठमण्डौं ः उपाधिका लागि नारायणी र राप्ती खेल्दैछन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
दुवै टिम वाग्मतीलाई हराएर फाइनलमा पुगेका हुन् । अस्ति आइतबार भएको खेलमा राप्तीले वाग्मतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा सुपर ओभरमा नारायणीले वाग्मतीलाई हराएको थियो । हिजो भएको औपचारिक खेलमा राप्तीले नारायणीलाई १ विकेटले हराएको थियो ।
कोरोनाका कारण प्रभावित खेलकुदलाई चलायमान बनाउन वाग्मती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।
वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:४१




















